National News
Entertainment News
Health & Life Style
Sports News
Technology News
Interview News
International News
Videos
Business News
June 2016
Shocking footage has emerged of a Chinese woman beating her husband’s alleged mistress in public with the help of her friends.
According to reports, the incident took place in Bozhou, east China’s Anhui province.In the video, the group of women can be seen shouting and hitting the other woman who they claim had been seeing one of their husbands. In the footage, the alleged mistress can be seen on the floor surrounded by the women and onlookers. Her top appears to have been broken in the altercation. A woman, who was wearing a beige top and thought to be the wife, can be seen grabbing the mistress by her hair and trying to slam her to the floor before slapping her repeatedly across the face.The victim slumps to the floor before a woman starts stamping on her head and back.The women then start pushing the girl around and try to take her clothes off as she cries.
An older woman steps in to try and stop the ordeal however it doesn’t have much effect.
Others stand by and watch.
असार १५, पोखरा ।
टर्कीको इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा परी ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् ।
तीनजना हमलावरले एकैसाथ टर्मिनल भवन प्रवेश गर्ने क्षेत्र नजिकै अन्धाधुन्द गोली प्रहार गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि जवाफी कारवाही गर्दा आफैं बम बिस्फोट गराएका थिए ।
प्रधानमन्त्री बिनाली यील्ड्रिमका अनुसार प्रारम्भिक अनुसन्धानले हमलामा आइएसको संलग्नता रहेको देखिएको छ ।
अाक्रमणपछि विमानस्थललाई पूर्णरुपमा बन्द गरिएकाे छ । यस्तै अमेरिकाले टर्की जाने र अाउने सबै फ्लाइटलाई ग्राउन्डेड गरेका छन् ।
असार १५, पोखरा ।
असार १५ अर्थात धान दिवस । यो दिनलाई धान दिवसको रुपमा मनाउन थालिएको छ । यो अवधिमा निकै नै चर्चामा रह्यो अघिल्लो वर्षको असार १५ अर्थात धान दिवस ।
सो दिन कृषि मन्त्रि हरिप्रसाद पराजुलीले सबैलाई चकिन बनाए । मन्त्री पराजुलीले खेत रोप्ने क्रममा एक महिलालाई अंगालो हाले । कृषि बिभागले काठमाडौको मुलपानीमा आयोजना गरेको असार १५ को धान दिवस कार्यक्रममा मन्त्री पराजुलीले हिलो खेलेर महिलालाई निकै अभर्द व्यवहार गरे ।
मन्त्री पराजुलीले अंगालो मारेका ति महिलाले फुत्किएर पछि धारे हात लगाउदै गाली समेत गरेकी थिइन् । सो घटना लगत्तै सामाजिक सञ्जालमा निकै विरोध भयो । फेसबुक देखि ट्विटरसम्मको विरोधका कारण उनी निकै आलोचीत बने । उनको आलोचना गाईजात्रा देखि विभिन्न हाँस्यव्यङ्गे कार्यक्रमसम्म आलोचनात्मक पात्रको रुपमा परिचीत भए । साथै उनको लज्जास्पद रुपमा मन्त्री पदबाट समेत च्यूत हुनुपर्यो ।
असार १४, पोखरा ।
नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहित एक जना ललितपुरबाट पक्राउ परेका छन् । मंगलबार बिहान चक्रपथमा गुड्ने स्वयम्भु बस समितिको बा २ ख ९२८० नम्बरको बसका चालक नुवाकोटका २६ वर्षका नारायण गिरीलाई सातदोबाटोबाट पक्राउ गरिएको ट्राफिक प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । यात्रुलाई नराम्रो व्यवहार गरेको भन्दै गुनासो आएपछि जाँच गर्दा चालकको नक्कली लाइसेन्स भएको खुलेको ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो । गिरीले २० हजार रुपैयाँ तिरेर परीक्षा नै नदिइकन लाइसेन्स लिएका पाइएकाले किर्ते अन्तर्गत कारबाही गरिने उहाँको भनाई छ । नक्कली लाइसेन्स भएका व्यक्तिले चलाएको गाडीले दुर्घटनाको जोखिम बढ्ने उहाँले बताउनुभयो ।
लाइसेन्स, क्याम्पस तथा नागरिकताको प्रमाणपत्र नभएको भन्दै प्रहरी निरीक्षक हाछेथुले आफूसँगै अरुको पनि जीवनसँग खेलबाड नगर्न आग्रह गर्नुभयो । यस्तै गाडी धनीले चालक राख्दा उसको लाइसेन्स सही भए नभएको बुझेर मात्र राख्न पनि उहाँको सुझाव छ । यसअघि ललितपुर ट्राफिक प्रहरीले मानिखेलका २१ वर्षका सुवास स्याङताङलाई पनि नक्कली लाइसेन्ससहित पक्राउ गरेको थियो । उनले बा ४ ख २३३५ नम्बरको ट्रक चलाएका थिए । नक्कली लाइसेन्स भएकाहरु ट्राफिक प्रहरीसँग आत्तिने भएकाले दुर्घटना बढेको भन्दै लाइसेन्सको जाँच कडा रुपमा गर्न थालिएको ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हाछेथुले बताउनुभयो ।
काठमाडौँ– नेपालमा २०५८ सम्म गर्भपतन गर्नु र गराउनु कानुनी अपराध थियो । यदि कसैले गर्भपतन गराएमा त्यो कानुनको उल्लंघन हुने भन्दै धेरै डाक्टर तथा नर्स र स्वयम् गर्भपतन गराउनेले पनि जेलसम्म जानुपरेको थियो । यतिसम्म कि कतिपय घटनामा त बलात्कार तथा कम र बढी उमेरमा गर्भवती, बिरामी आदि भएमा पनि गर्भपतन गराउन ज्यादै समस्या थियो । गर्भपतनको विषयलाई लिएर महिला अधिकारकर्मी र स्वास्थ्यकर्मीले आन्दोलन नै गरेपछि सरकारले २०५८ देखि गर्भपतनसम्बन्धी कानुन ल्यायो र गर्भपतनलाई कानुनी मान्यता दियो ।
गर्भपतनले कानुनी मान्यता पाएपछि यतिबेला गर्भपतन सामान्य विषय बनेको छ । उमेर नपुगेका, उमेर बढी भएका, रोगी आदिमात्रै होइनन्, बच्चा जन्माउन सक्षम युवतीले पनि यो वा त्यो कारणले गर्भपतन गराइरहेका छन् । सामान्य अवस्थामा कुल गर्भवती भएकामध्ये १२ देखि १५ प्रतिशत महिलाको गर्भपतन हुने गर्छ । यस्तो अवस्था भनेको जटिलता आएर आफैँ गर्भपतन हुने र गराउने प्रक्रिया हो । तर, अनिच्छामा गर्भ बसेकोदेखि अहिले पनि लिंग पहिचान गरेर गर्भपतन गराउनेको संख्यामा कमी आएको छैन । काठमाडौँ जिल्लालाई हेर्ने हो भने गत आर्थिक वर्ष २०७१/०७२ मा २५ हजार ४ सय ६२ महिला सुत्केरी भएको देखिएको छ, जब कि सोही आर्थिक वर्षमा १३ हजार सात सय ५७ महिलाले कानुनी हिसाबले गर्भपतन गराएका थिए । जुन कुल सुत्केरी भएका महिलाको संख्यालाई हेर्ने हो भने गर्भपतन गराउने महिलाको प्रतिशत ३५ भन्दा बढी छ । जुन महिला स्वास्थ्यको दृष्टिकोणले यसलाई खराब भन्छन् जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका तथ्यांक अधिकृत पुष्कर बिजुक्छे ।
कुन उमेर समूहका कति महिला ?
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा उपलब्ध तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७१÷७२ मा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये तीन हजार चार सय ५८ त किशोरी थिए । २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती हुनु र बच्चा जन्माउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन । तर पनि तथ्यांकले गर्भपतन गराएका महिलामध्ये २५ प्रतिशत महिला २० वर्षभन्दा कम उमेर समूहको रहेको देखाएको छ ।
तथ्यांकमा देखिएअनुसार गत आर्थिक वर्षमा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये १० हजार २ सय ९९ महिला भने २० वर्षमाथिका छन् । २० वर्षमाथिका भनिए पनि कति वर्ष सम्मकाले गर्भपतन गराए भन्ने उल्लेख भएको छैन ।
– गर्भपतन गराउनेमा प्लस टु पढ्ने किशोरीको संख्या उच्च
– गर्भपतन गराउनेमध्ये अधिकांश अविवाहित
– बढी गर्भपतनले महिलालाई हानि
– भविष्यमा गर्भ नै नबस्ने खतरासमेत
Abortion Data by Kathmandu
कुन विधिबाट कति गर्भपतन ?
गर्भपतन सामान्यत दुईप्रकारबाट गराइन्छ । औषधि खुवाएर र अपरेसन गरेर । मेडिकल क्याक अर्थात् औषधि खुवाएर नौ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गत आर्थिक वर्ष २०७१÷०७२ मा काठमाडौँ जिल्लामा भएका गर्भपतनमध्ये ४ हजार ९ सय ८० जनाको गर्भपतन औषधि खुवाएर गराइएको देखिएको छ । यसरी औषधि खुवाएर गराइएका गर्भपतनमध्ये १ हजार ४ सय ९७ गर्भवती किशोरी अर्थात् २० वर्षमुनिका थिए । बाँकी ३ हजार ५ सय २३ महिला भने २० वर्षमाथि उमेर समूहका थिए ।
यस आर्थिक वर्षको माघ मसान्तसम्म पनि गर्भपतन गराउने ७ हजार ६ सय ४२ गर्भवतीमध्ये ३ हजार ४० महिलाले औषधि खाएर नै आफ्नो गर्भ पतन गराएका छन् । जसमध्ये ८ सय ५९ गर्भवती २० वर्षभन्दा कम उमेरका छन् भने २ हजार १ सय ८१ महिला २० वर्षमाथिका छन् ।
सामान्य अवस्था र शिक्षाको स्तर राम्रो भएको देशमा सर्जिकल अर्थात् अपरेसन गरेर गर्भ तुहाउनेभन्दा औषधि खाएर गर्भपतन गराउने दर बढी छ । तर, ९६ प्रतिशत शिक्षित मानिस बस्ने भनिएको काठमाडौँमा भने औषधि खाएरभन्दा बढी अपरेसन गरेर गर्भपतन गराउने दर बढी छ । नेपालको कानुनले अहिले १२ हप्तासम्मको गर्भपतन गराउन छुट दिएको छ । डाक्टरको सल्लाह र स्वास्थ्य समस्या भएमा १८ हप्तासम्मको गर्भलाई पनि पतन गराउन पाइने कानुन छ । हाडनाता करणी तथा आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा अन्य जुनसुकै अवस्थामा पनि गर्भपतन गराउन सकिने कानुन छ । ९ हप्तासम्म पनि गर्भ रहेको थाहा नभएमा वा कुनै कारणवश ९ हप्तापछि पनि बच्चा जन्माउन नचाहेमा अपरेसन गरेर गर्भपतन गराउन सकिन्छ र गराउने हो । तर, ९ हप्तापछि पनि अपरेसन गरेर गर्भपतन गराउने दर भने उच्च देखिएको छ, काठमाडौँमा । गत आर्थिक वर्षमा काठमाडौँमा भएको कुल १३ हजार ७ सय ५७ गर्भपतनमध्ये ६३ प्रतिशतभन्दा बढी सर्जिकल एबोर्सन भएको छ ।
गर्भपतनमा किशोरीको संख्या पनि उच्च
काठमाडौँमा ८ हजार ७ सय ३७ महिलाले अपरेसन गरी गर्भपतन गराएका छन् । त्यसमध्ये १ हजार ९ सय ६१ गर्भवती किशोरी अर्थात् २० वर्षमुनिका छन् । ६ हजार ७ सय ७६ महिला भने २० वर्षमाथिका छन्, जसले अपरेसन गरी गर्भ तुहाएका छन् ।
त्यसैगरी यस आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्ममा अपरेसन गरी गर्भपतन गराउने ४ हजार ६ सय २ मध्ये १ हजार २ जना २० वर्षभन्दा कम उमेर समूहका छन् । जुन खतरनाक अवस्था हो भन्छन् जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका तथ्यांक प्रमुख पुष्कर बिजुक्छे ।
तथ्यांकमा देखिएभन्दा दुई गुणा बढी छ गर्भपतन
यसरी देशको राजधानी काठमाडौँमा अहिले गर्भपतन गराउनेको संख्या बढिरहेको छ । यो तथ्यांक त सरकारी स्वीकृति लिएर सञ्चालनमा आएका सेवाकेन्द्र वा अस्पतालले उपलब्ध गराएका तथ्यांक हो । त्योबाहेक अहिले पनि आधाभन्दा बढी संस्था त जिल्ला जनस्वास्थ्य कार्यालयसँग सम्बन्ध नै राख्दैनन् र उनीहरूले कतिजनाको गर्भपतन गराए वा कसरी गराए त्यसको कुनै तथ्यांक नै छैन । कतिपयले आफैँ मेडिकलबाट औषधि किनेर खाने र गर्भपतन गराउनेसम्म गरिरहेका छन्, जसकारण तथ्यांक योभन्दा दुई गुणा बढी रहेको बताउँछन् ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल ।
गत आर्थिक वर्षमा भूकम्प गएपछि गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको थियो । तर, यस आर्थिक वर्षमा पनि त्यसको अनुपातमा कुनै कमी आएको छैन । यस आर्थिक वर्षको अन्त्यसम्ममा गर्भपतन गराउनेको संख्या र अनुपात झन् बढ्ने देखिएको छ ।
प्लस टु पढ्ने किशोरी बढी गर्भपतनमा, गर्भपतन गराउनेमध्ये अधिकांश अविवाहित
अनिच्छामा गर्भ रहेमा गर्भपतन गराउनु नराम्रो होइन । तर, कुन उमेर समूहकाले गर्भपतन गराइरहेका छन् र किन गर्भपतन भइरहेको छ भन्ने महत्वपूर्ण विषय हो । अहिले गर्भपतन गराउने २० वर्षमुनिका धेरैजसो प्लस टु पढ्ने किशोरी रहेको बताउँछन् जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत बिजुक्छे । ‘अहिले २२ वर्षमुनिका जतिले गर्भपतन गराइरहेका छन्, उनीहरू अधिकांश अविवाहित छन्,’ बिजुक्छेले थपे ।
यसरी अहिले काठमाडौँमा गर्भपतन गराउनेको संख्या बढिरहेको छ । यसरी गर्भपतन बढ्नुमा असुरक्षित यौन सम्पर्क प्रमुख कारण रहेको देखिएको छ । यौन स्वास्थ्यबारे पर्याप्त जानकारी दिन नसक्दा र परिवारनियोजनको अस्थायी साधन प्रयोगमा बढ्दै गएको अनिच्छा नै यसरी गर्भपतन बढुनुको प्रमुख कारण हो ।
धेरै गर्भपतन गराएमा के हुन्छ ?
महिला स्वास्थ्यका दृष्टिकोणले गर्भपतन कदापि राम्रो हुनै सक्दैन । गर्भपतन भनेको अन्तिम अवस्थामा मात्रै गर्ने हो । तर, जसरी असुरक्षित यौन सम्पर्क वा अस्थायी साधन प्रयोगमा अनिच्छाका कारण बसेको गर्भ पतन गराइँदै छ, यसले महिला स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । प्रसूति गृहका निर्देशक डाक्टर जागेश्वर गौतम भन्छन्, ‘पहिलो बच्चा अगाडि नै गर्भपतन गराउन थालियो भने भविष्यमा गर्भ नै नबस्न पनि सक्छ ।’
गर्भपतनमा अविवाहित अगाडि
अहिले विवाहितले भन्दा बढी अविवाहितले बढी गर्भपतन गराइरहेको बताउँछन् निर्देशक गौतम । यसको अर्थ आफ्ना यौनसाथीसँग अस्थायी साधन प्रयोगमा पर्याप्त छलफल नहुनु नै प्रमुख कारण रहेको उनको दाबी छ । प्रेममा रहेका जोडीमा यो समस्या बढी रहेको गौतमको भनाइ छ । यतिसम्म कि अविवाहित युवतीले चारपटकसम्म गर्भपतन गराएको तथ्यांक भेटिएको उनको भनाइ छ ।
विवाहपूर्व नै पटक–पटक गर्भपतन गराइसकेपछि विवाहपछि चाहेर पनि गर्भाधान गर्न गाह्रो हुने गौतम बताउँछन् । अस्पतालमा बच्चा नभएर आउने धेरै महिलामध्ये विवाहपूर्व पटक–पटक गर्भपतन गराएका धेरै भएको गौतम बताउँछन् ।
महिलाले पटक–पटक गर्भपतन गराउँदा त्यसले महिला स्वास्थ्यमा पनि असर गर्ने बताउँछन् ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल । गर्भ बसेको थाहा भएलगत्तै एक÷दुई महिनामै गर्भ पतन गराएमा कम जोखिम भए पनि आठ हप्तापछि गरिने गर्भपतनले महिलालाई गम्भीर असर गर्ने रिजाल बताउँछन् । नौ हप्तापछि औजार प्रयोग गरेर गर्भपतन गराउनुपर्ने भएकाले महिलाको पाठेघरमा घाउ हुने, भ्रुणका टुक्रा बाँकी बसे त्यसले इन्फेक्सन निम्त्याउने आदि समस्या हुन सक्छन् । गर्भपतनपछि नियमित रजस्वाला नहुने र गर्भपतनलगत्तै तीनमहिने सुई लगाउने वा अन्य औषधि खानुपर्ने हुन्छ । जब कि पहिलो सन्तानअगावै संगिनी सुई लगाउनाले महिलाको डिम्ब निष्कासनलाई पूर्णत रोकिदिन सक्छ, जसकारण भविष्यमा गर्भ नै नरहन पनि सक्छ ।
गर्भपतनपछि प्रयोग गर्ने औषधि र शारीरिक अवस्थाका कारण महिलाको तौल बढ्न सक्ने रिजाल बताउँछन् । त्यतिमात्रै होइन, गर्भपतनपछि महिलाको मानसिक अवस्था पनि पहिलेजस्तो तन्दरुस्त नहुन सक्छ ।
यसरी महिला स्वास्थ्यको दृष्टिकोणले गर्भपतन राम्रो हुँदै होइन, यद्यपि सामाजिक आर्थिक र मनोवैज्ञानिक कारणबाट यो खराब नै छ भन्नेचाहिँ होइन । तर, जुन रूपमा जसरी काठमाडौँमा गर्भपतनको संख्या बढिरहेको छ, त्यसले महिला स्वास्थ्यबारेमा सोच्नैपर्ने बनाएको छ । अझ २० वर्षमुनिका किशोरी, अविवाहितले बढी गर्भपतन गराउनुले अस्थायी साधन प्रयोगसम्बन्धी जनचेतना नै नपुगेको हो कि भन्ने पनि औँल्याएको छ ।
१२ असार, पोखरा ।
आम मानिसका सपना प्रायः के हुन्छन् ? सानो परिवार, चिटिक्कको घर। मन परेको गाडी। वा अन्य केही यस्तै । तर एक युवाले प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधा त्यागेर कुटीको बास रोजेका छन्। उनी हुन् ३७ वर्षीय प्रभन्जनबहादुर सिंह। काठमाडौंको उच्च घरानियाँमा जन्मेका उनी विगत तीन वर्षदेखि आफ्नो घरबार त्यागेर पशुपतिनाथ क्षेत्रको मृगस्थलीमा साधु जीवन जिउँदै छन्।
पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहका जेठा छोरा प्रभन्जनले २०७० साल जेठ ११ गते गुरु योगी शीर्षनाथबाट दिक्षा लिएर संन्यासको यात्रा थालेका हुन्। प्रभन्जन यतिबेला व्याघ्र वेदनाथको नयाँ परिचयका साथ जिउँदै छन्। परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधाले उनलाई लोभ्याउन सकेको छैन।
घर छाडेर आएयता उनी कहिलेकाहीँमात्र घरको आँगनसम्म पुगेका छन्। तर जतिपटक पुगे पनि उनलाई घरले तान्न सकेन। ‘जीवन जिउने यो मेरो आफ्नै रहर हो,’ उनले भने, ‘जब रहरले केही काम गरिन्छ, त्यो दिगो रहन्छ।’
ए
कताका देशविदेश घुम्दै होटल–रेस्टुरेन्टमा मन परेको परिकार खाएर चिटिक्क परेर हिँड्ने उनी अहिले एकसरो गेरुवस्त्र, गेरु रंगकै झोला बोकेर खाली खुट्टा हिँड्छन्। उनी तनले मात्र होइन मनले पनि साधु लाग्छन्। उनी मुस्कुराउँछन्। सर्वसाधारणका कुरा ध्यान दिएर सुन्छन्। अनि सहयोगका लागि अघि बढ्छन्।
त्यतिबेलाको प्रभन्जन र अहिलेको व्याघ्र वेदनाथको जीवन निकै फरक रहेको उनको बुझाइ छ। ‘उतिबेलाको प्रभन्जनमा रिस थियो, लोभ थियो,’ उनी भन्छन्, ‘अहिले वेदनाथ ती सबबाट मुक्त भएको महसुस गर्दैछ। भौतिक सुखसुविधाले इन्द्रियलाई मात्र सुखशान्ति दिने उनको बुझाइ छ। त्यहीभएर आध्यात्मिक शान्तिका लागि अहिले योगको बाटो अँगालेको उनले सुनाए।
बुद्धले महल त्यागेजस्तै उनले घरबारसँगै आफूलाई माया गर्ने सिंगो परिवार छाडेर निस्केका हुन्। उनलाई घर छाड्नु कम्ती चुनौती थिएन। परिवारको जेठो छोरामा सबैले देखाएको आशा। माया गर्ने पत्नी अनि ८ वर्षीया छोरीको आग्रह। यी कुनैले पनि उनलाई रोक्न सकेन।
किनकि उनको मन शान्तिको खोजीमा पहिल्यै उडिसकेको थियो। ‘घर छाड्नु डेढ वर्षअघि नै मेरो मनमा साधुको जीवन जिउने इच्छा पलाएको थियो,’ उनले भने, ‘त्यही चाहना अहिले सार्थक भएको छ।’
घर छाड्नुअघि उनले परिवारका सदस्यहरुलाई जीवनजगतका बारेमा राम्ररी सम्झाए। सानी छोरीले उनको कुरा नबुझेको उनले सुनाए। ‘बाबा १० वर्षपछि मलाई किन घर छाडेको बताउनुहोस् है भनिन्,’ उनले भने, ‘अहिले बेलाबेलामा आएर मलाई भेट्ने गरेकी छे।’
आफू अहिले सानो परिवार छाडेर ठूलो परिवारमा रमाएको उनी सुनाउँछन्। ‘सबै मानवजाति परिवार त हो नि,’ उनले सुनाए, ‘मलाई त अहिले ठूलो परिवारमा आएको महसुस भएको छ।
उनलाई साथीभाईहरुले उनलाई रोक्न नखोजेका हैनन्। घर छाड्नु अघिल्लो रात उनलाई साथीभाइले मोटरमा राखेर जवरजस्ती नगरकोट पुराएछन्। तर उनको मन त्यहाँको रमाइलोमा रमेन। भोलिपल्ट बिहानै उनी फर्के। उनको प्रबल इच्छा देखेपछि साथीहरुले नै उनलाई ल्याइदिएछन्। ‘मेरो इच्छाको अगाडि उनीहरुको केही लागेन,’ उनले हाँस्दै भने, ‘मन मोडिएको छ।’
साधु जीवनमा आएपछि उनको दैनिकी फेरिएको छ। बिहानै उठेर गाईको स्याहार गर्नु, पुस्तक अध्यन गर्नु र गुरुको आज्ञा मानेर आश्रमको काम गर्नु उनको दैनिकी बनेको छ। आश्रममा उनी हिन्दु धर्मग्रन्थ, दर्शन, संस्कृतिको अध्ययनसँगै ध्यान अभ्यास गरिरहेका छन्। सुरुमा त उनको यो रुप देखेर परिवार साथीभाइ सबै
स्तब्ध भएका थिए। तर, उनले आफ्नो निर्णय बदल्न चाहेनन्।
छोरो घर फर्कियोस् भन्ने आमाको चाहना थियो। तर आमाको इच्छा अधुरै रह्यो। करिब चार महिनाअघि उनको आमाको निधन भयो। उनी आमालाई हेर्न अस्पताल पुगेका थिए। अन्तिम संस्कारको बेलामा भने उनी सहभागी भएनन्। बरु बाग्मतीको एउटा किनारमा बसेर पारिपट्टि आमाको दाहसंस्कार भएको नियाले। ‘मैलै परैबाट आमालाई अन्तिम बिदाइ गरे,’ उनले भने, ‘जति बेला भेटे पनि ‘अब पुगेन घर कहिले फर्किने भन्नुहुन्थ्यो।’
यसो भन्दै गर्दा उनी मौन रहे। साँच्चै घर कहिले फर्कने त? ‘म त घरमै त छु नि।’ प्रभन्जनले मुस्कुराउँदै भने, ‘अब मेरो घर यही नै हो।’ आफूले त्यागेको महलभन्दा यही बसेको कुटी भव्य लाग्ने गरेको उनले सुनाए ।
नागरिक दैनिकमा उपेन्द्र लामिछानेले समाचार लेखेका छन् ।
१३ असार, लिस्बन, पोर्चुगल ।
कलाकार एवं मोडल सृष्टि शाहीको २८ वर्षको कलिलो उमेरमै निधन भएको छ । शाहीको गत बुधबार पोर्चुगलको राजधानी लिस्बोनमा हृदयघातका कारण निधन भएको हो ।
उनको शनिवार लिस्बोनको ओलिभाइस सेर्मेटारियोमा हिन्दु परम्परा अनुसार दाहासंस्कार गरियो छ । मृतआत्माको चिर शान्तिको कामना गर्दै लिस्बोनमा ठूलो संख्यामा नेपालीले संयुक्त श्रदान्जली अर्पण गरेका छन् ।
कार्यक्रममा सहभागी पोर्चुगलका लागि नेपालका अवैतानिक राजदुत मकर बहादुर हमाल, गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमल लगायत सयौंको उपस्थिती थियो । फ्रान्सका लागि नेपाली दुतावासले पनि शाहीको निधन प्रति गहिरो दुःख व्यक्त गरेको हमालले जानकारी दिए ।
शाहीले कलाकार संघ पोर्चुगलका अध्यक्ष दीपक सुवेदीद्धारा निर्देशित ‘संभव छैन मिलन हाम्रो, आखाँको चालले लगायत थुप्र्रै म्युजिक भिडियोमा अभिनय गरेकी थिएन ।
उनी बिगत ५ बर्षदेखि राजधानी लिस्बोनमा श्रीमान बिमल श्रेष्ठसंगै बस्दै आएकी थिइन ।
अकस्मात हृदयघातका कारण बेहोस भएकी सृष्टिको उपचारका लागि साँओ जोसे हस्पिटलमा भर्ना गरिएको थियो । चिकित्कले दिएको जानकारी अनुसार शाहीको मुटुको भल्बको अप्रेशन गरिएको थियो भने ब्रेनसम्म रगत पास गराउने नशा सिथिल भएका कारण दिमागमा चोट पुगेर निधन भएको हो ।
को हुन सृष्टि ?
झण्डै २८ वर्ष पहिले कैलालीमा बाबु प्रेम बहादुर शाही र आमा जगत्रा देबी शाहीको कोखबाट जन्मेकी सृष्टि ४ दाजु भाइकी एक मात्र बहिनी र छोरी थिइन् । सानै उमेरदेखि काठमाण्डौमा बस्दै आएकी सृष्टि र बिमलको ११ बर्ष पहिले प्रेम बिबाह भएको थियो ।बिहेपछि बिमल र सृष्टि अध्ययनका लागि सन् २००९ मा बेलायत पुगेका थिए । झण्डै २ बर्षको बेलायत बसाइपछि उनीहरु सन् २०११ मा पोर्चुगल आएका थिए । सृष्टि गैर आवासिय नेपाली संघ एनआरएन पोर्चुगलका उपाध्यक्ष एवं चर्चित गितकार तथा साहित्यकार सुनिल संगमकी भाइ बुहारी हुन् । यो कस्तो संयोग !
एउटा कलाकारको दाहासंस्कार भएकै दिन कलाकारद्धारा संचालित रेष्टुरेन्टमा भने पार्टी गरिएको छ । कलाकारको निधनमा पार्टी नगरिएको भए पनि लिस्वनको इनतेन्देन्तमा रहेको कल्चर हाउसको उदघाटन समारोहमा जाड पार्टी गरिएको हो । कलाकार संघ पोर्चुगलका अध्यक्ष एवं निर्देशक तथा कलाकार दीपक सुवेदी र कला, साहित्य, संस्कृति तथा संचार परिषद्का अध्यक्ष एव नेपाली चलचित्रका नायक जे के शर्माद्धारा सञ्चालित रेष्टुरेन्टको उदघाटन गर्दै पार्टी गरिएको हो । शाही कलाकार संघ पोर्चुगलको कोषाध्यक्ष समेत थिइन ।
तर एउटा कलाकारको निधन भएर दाहासंस्कार गरेकै दिन रेष्टुरेन्ट उदघाटनको पार्टी गर्न उचित नहुने भन्दै दीपक सुवेदी अनुपस्थित रहेका थिए । उनले उदघाटनको समय पछि सार्न आग्रह गर्दा पनि शर्माले नमानेकाले आफू अनुपस्थित रहेको प्रतिकृया दिए । उदघाटन सत्रमा धेरैलाई निम्ता दिएइको भएपनि झण्डै ६०÷७० जनाको उपस्थिती थियो ।
उदघाटन कार्यक्रममा एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल, सफल व्यवशायीहरु सूर्य हमाल र कमल गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा जेवी ओली, अनिता पौडेल, लालमती गुरुङले गीत संगित प्रस्तुत गरेका थिए ।
उनि द्वारा अभिनित भिडियो :-
असार १२, पोखरा ।
बाराणसीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गर्ने प्रयास गरेकी छिन् ।
श्रीमानले मालिकलाई खुसी पार्न घरमै बोलाएर मालिकसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेपछि अन्तिममा मालिकसँगै मिलेर श्रीमानको हत्या गर्न खोजेकी हुन् ।
सुरुमा शारीरिक सम्पर्क राख्न नमानेकी महिलाले आफ्नो फाइदाका लिन श्रीमान मनीष सेठले दिनदिनै मालिकसँग सम्बन्ध राख्न लगाउँदा ती महिलाको मालिकसँगै प्रेम परेको थियो ।
त्यो प्रेम उत्कर्षमा पुगेपछि महिलाका श्रीमान झण्डै मारिएका थिए । महिला र मालिक मिलेर मनीषको हत्या गराउन खोजेका थिए ।तर, आक्रमणमा परी उनी घाइते मात्रै भए ।
प्रहरीले मनीषकी श्रीमती र उनका मालिक जितेन्द्रलाई पक्राउ गरेको छ । बाराणसी प्रहरी अपराध प्रमुख एसपी त्रिभुवन सिंहले हत्याको अभियोगमा मनीषकी श्रीमती र जितेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए ।
महिलाको प्रेममा परेको जितेन्द्रले आफ्नी घरकी श्रीमती छाडेका थिए र मनीषको हत्या गर्न स्थानीय गुण्डालाई १ लाख ८० हजारको सुपारी पनि दिएका थिए ।
प्रहरी वयानमा जितेन्द्र मालिकबाट फाइदा लिन श्रीमतीलाई सम्बन्ध राख्न लगाएको तर श्रीमती नै प्रेममा पर्दा मालिकबाट कुनै फाइदा नहुँदा श्रीमतीलाई मालिकसँग भेट्न रोक लगाएको बताएका छन् । उनले भनेका छन्- ‘तैपनि उनी लुकेर मेरो मालिकलाई भेट्न थालिन र मलाई नै मार्न खोजी ।’
असार १२, पोखरा ।
महिलाले प्रयोग गर्ने गर्भ निरोधक औषधीकोबारेमा त सुनिएको थियो । तर अव भने पुरुषले समेत अनैच्छिक गर्भ रोक्न कण्डोमको विकल्प खोज्न सक्ने भएका छन् ।
अव पुरुषले प्रयोग गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध हुने भएको छ । पुरुषले प्रयोग गर्न सक्ने गोली उत्पादन गर्न बैज्ञानिकहरु सफल भएका छन् ।
बैज्ञानिकहरुले अहिले सम्म बनाइसकेको एच 2-ग्यामेनड्याजोलले पुरुषको विर्यमा रहेका शुक्राणुलाई विकाश हुन नदिने काम गर्छ ।
अमेरिकाको यूनिवर्सिटी अफ कन्सास मेडिकल सेन्टरमा प्रचजनन जीव बैज्ञानिक जोसफ ताशले यस्तो औषधीले पुरुषलाई पनि गर्भनिरोधक औषधी प्रयोग गर्न सहज बनाउने बताए ।
असार १२, पोखरा ।
एजेन्सी ।
सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। सपना धेरै किसिमका हुन्छन । बेला बेलामा हामीले सपनामा सम्भोग गरेको पनि देख्ने गर्छौ। सपनामा सम्भोग गरेको देखे के हुन्छ त ?
यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा:-
यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनु भएको छैन, जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधान तिर लाग्नुस् ।
यदि पुर्व प्रेमी प्रेमिका संग सम्भोग गरेको देखेमा:-
यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइफ्रेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तर पनि अचेतन मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपटहुनथाल्यो भन्ने प्रष्ट हुन्छ ।
कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा:-
यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।
कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा:-
यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र शारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो। सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापकालागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन्।
प्रेमीसँग बिछोड भएको सपना देखेमा:-
प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकटसम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोडभएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन्।
काठमाडौं, १२ असार ।
संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही सेक्सुवल ह्र्यासमेन्टको सिकार भएको खुलासा भएको छ ।
आफ्नो एक अनलाईन अन्तर्वार्तामा राप्रपा नेपालकी नेतृ समेत रहेकी मन्त्री शाहीले आफूलाई काठमाडौंको वानेश्वरमा केटाहरुले जिस्काएको खुलासा गरेकी हुन् ।
‘जब म बिएल पढ्न काठमाडौँ बस्थेँ । क्याम्पस जाँदाआउँदा बानेश्वरको बाटोमा सधैँ केटाहरुको समूहले केटी जिस्क्याउथे । त्यो समुहले केटी देख्यो कि जिस्काउने । म हिड्दै गर्दा धेरै दिन जिस्काए वास्ता गरिन्, कहिलेकाहीं त कलेजै नजाऊ भन्ने पनि हुन्थ्यो,’ उनले भनेकी छिन्– ‘एक दिन अश्लिल शब्द नै प्रयोग गरे । त्यसपछि मलाई सैह्य भएन् ।
कडा जवाफ दिए । उनीहरुले धम्कीपूर्ण भाषा प्रयोग गर्दै थिए मैले पनि धम्कीपूर्ण भाषामा गाली गरेँ । त्यसपछि मलाई त्यस्ता शब्द प्रयोग गर्न छाडे ।’
उनले आफ्नो बच्चादेखिकै स्वभाव प्रतिरोध गर्ने रहेको बताउँदै ममाथि अन्याय भयो भन्ने लाग्यो भने जस्तोसुकै परिस्थिति र जोसुकैसंगपनि प्रतिरोध गर्ने बताइन् । ‘मलाई सेक्सुअल्ली ह्र्यासमेन्ट गर्न खोज्दा मैले प्रतिकार गरेकी छु’ उनले भनिन् ।
आफूमाथि हुने हिंसाविरुद्ध महिलाहरुले आँट गर्नुपर्ने भन्दै उनले परिस्थितीलाई हेरेर प्रतिरोध गर्नुपर्नेमा जोड दिइन् ।
हाल स्थानीय विकास राज्यमन्त्री रहेकी कुन्ती आर्कषक जिउडाल र सुन्दर मुहारका कारण धेरै नेताको नजरमा समेत पर्दै आएकी छिन् ।
असार १२, पोखरा ।
आइसिङ तामाङ नाइट डिउटीबाट क्याम्प फर्केर मस्त निद्रामा थिए। अचानक बिस्फोटको ठूलो आवाजले तर्सेर उनी ब्युँझिए। त्यो दिन हो- असार ६ गते, सोमबार। स्थानः नेपाली सुरक्षा गार्डको क्याम्प, काबुल।
तालिवानी आतंककारीबाट भएको बम विस्फोटमा नजिक दूरीमा रहेका र आफन्तसहित १३ जना मित्र गुमाएका एक भुक्तभोगी साक्षी हुन्- नुवाकोटका आइसिङ। जहाँ उनले चार जना आफन्तसहित सँगै क्याम्पमा बस्ने १३ जना प्रिय साथीहरु गुमाए। आइसिङ बुधबार नेपाल एयरलायन्सको विमान चढेर अब कहिल्यै काबुल नफर्कनेगरि आफन्त र साथीहरुको शवसहित घर फर्किए।
उनी बम बिस्फोट हुँदाको त्यो दर्दनाक क्षणको साक्षी मात्रै रहेनन्, उनले आफन्त र साथीहरुको शव लिएर नेपाल आउन र २४ जना नेपालीलाई घर फर्काउन पनि काबुलमा उल्लेख्य भूमिका निभाए।
नागरिक शोसँग त्रिभुवन विमानस्थलमा भएको कुराकानीमा आइसिङले काबुल विस्फोटबारे केही नयाँ तथ्यहरु खुलासा गरेका छन्। उनका अनुसार तालिवानीहरु नेपालीमाथि आक्रामक बनेर उत्रिने योजनामा छन्। पूर्व सूचना दिएरै उनीहरुले नेपालीमाथि निसाना साँध्न सुरु गरेका छन्।
सोमबार २० तारिखका दिन नेपालीमाथि गरिएको बम बिस्फोटको पूर्व सूचनासमेत तालिवानीले दिएका थिए। तर त्यो सूचना काबुलस्थित क्यानेडियन दूतावास र नेपाली सुरक्षा गार्ड परिचालन गर्ने ब्रिटिस कम्पनी साब्रे इन्टरनेशनल सेक्युरिटीले लुकाए। परिणामः १३ नेपालीको ज्यान गयो।
तालिवानले २७ तारिख सोमबार (भोली) पनि नेपालीमाथि ठूलो आक्रमण गर्ने चेतावनीसहितको सूचना त्यहाँको इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प र सम्बद्ध निकायमा दिएको छ।
क्यानेडियन दूतावास र साब्रे इन्टरनेशनलमा कार्यरत नेपाली पनि पुनः तालिवानी आक्रमणको सूचिमा छन्। गत सोमबारको घटनापछि अफगानिस्तानमा नेपाली संलग्न क्याम्पहरूमा सुरक्षा सतर्कता बढाइएको त्यहाँस्थित नेपाली कामदारले नेपाल फर्केका साथिलाई जनाएका छन्।
काबुलबाट फर्केका अर्का एक सत्यनारायण श्रेष्ठका अनुसार तालिवानीहरु पहिले नेपालीहरुप्रति नरम थिए तर उनीहरुले आफ्नो पुरानो रवैया फेरेका छन्। ‘अहिले त्यहाँका मुस्लिम समुदायको रमादान पनि चलिरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘रमादानको समयमा तालिवानीहरु सकेसम्म धेरै शत्रु मारेर आफू पनि मर्ने भावनाले काम गर्छन्।’
काबुलबाट फर्केका अर्का एक सत्यनारायण श्रेष्ठका अनुसार तालिवानीहरु पहिले नेपालीहरुप्रति नरम थिए तर उनीहरुले आफ्नो पुरानो रवैया फेरेका छन्। ‘अहिले त्यहाँका मुस्लिम समुदायको रमादान पनि चलिरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘रमादानको समयमा तालिवानीहरु सकेसम्म धेरै शत्रु मारेर आफू पनि मर्ने भावनाले काम गर्छन्।’
नागरिक शो युनिटले काबुलबाट फर्केका बेलप्रसाद गुरुङ, मिणराम खनाल, बीरबहादुर तामाङसँग सम्पर्क गरेको थियो। उनीहरुको पनि एउटै बुझाइ छ- पछिल्लो समय तालिवानीहरुले नेपालीप्रतिको नरम नीति फेरेर आक्रामक बनेका छन्।
अफगानिस्तानमा नेपालीहरु कार्यरत कम्पनीहरुलाई यसअघि एकखालको सुरक्षा राहात नै थियो- तालिवानीहरु नेपालीमाथि तुलनात्मक कम आक्रामक छन्। त्यसैले नेपाली कामदार त्यहाँ रोजिन्थे पनि।
नेपालीहरुको सुरक्षा सतर्कता पनि ढिलाढाला नै थियो। सोमबार बम बिस्फोट गरिएको त्यो बसमा न त नेपालीसँग हतियार थियो न अन्य सुरक्षाकर्मी थिए। यही सहजतालाई यो पटक तालिवानीले अवसरका रुपमा उपयोग गरे र बिगुल फुके- हामी नेपालीलाई छाड्नेवाला छैनौं।
नागरिक शो को यो शृङ्खलामा काबुल विस्फोटबारे केही तथ्यहरु खुलासा गर्ने प्रयास गरेका छौं। कहिले र कसरी राखिएको थियो बसमा बम? स्थानीय पसलेहरू बचाउने र नेपाली सवार बस फसाउने तालिवानीको तालमेल र अन्य विवरणहरू बताउँदैछन्- आइसिङ तामाङ।
हेर्नुहोस् नागरिकन्युजको साप्ताहिक प्रस्तुती- नागरिक शो-
पाँच वर्षअघि एक गोर्खा सैनिकले एक्लै तीसभन्दा बढी तालिबानी परास्त गरेकाले बेलायती महारानीबाट ‘कन्स्पीक्यूअस ग्यालेन्ट्री क्रस’ अवार्ड पाएका थिए। उनी हुन् दिपप्रसाद पुन।
त्यतिबेला ३१ वर्षीय पुनको चेकपोष्टमा जब एक हुल तालिबानीहरुले आक्रमण गरे, उनलाई ‘अब म पक्का मर्छु’ भन्ने लागेको थियो। ‘मर्ने नै भइसकेपछि अब गुमाउनु केही छैन’ भन्दै उनले तत्काल जाइलाग्ने निर्णय गरे।
त्यसैको प्रतिफलमा उनलाई बेलायतको महारानीले भिक्टोरिया क्रसभन्दा केवल एक दर्जा मुनीको यो अवार्ड प्रदान गरेकी थिइन्। भिक्टोरिया क्रस बेलायतमा दुश्मनविरुद्धको मुकाविलामा बहादुरी देखाउनेहरुले पाउने सर्वाधिक महत्वको पुरस्कार हो। उनका आफ्नै हजुरबुबा तुलबहादुर पनले दोस्रो विश्व युद्वमा बहादुरी देखाएवापत भिक्टोरिया क्रस पाएका थिए।
‘रोयल गुर्खा राइफल्स’को पहिलो बटालियनमा कार्यरत कारपोरल पुनलाई बकिंघम दरबारमा एक विशेष समारोहका बीच त्यतिबेला यो अवार्ड दिइएको थियो।
‘यो समारोह मलाई पछिसम्मकै निम्ति गौरवशाली घटना भएको छ,’ थुप्रै भिक्टोरिया क्रस पाउने बहादुरहरूको मुलुकबाट पुगेका पछिल्ला पुस्ता पुनले त्यतिखेर भनेका थिए।
सन् २०१० को सेप्टेम्बर महिनामा दक्षिणी अफगानिस्तानको हेलमन्ड राज्यस्थित बाबाजी नजिकै उनले सम्हालेको चौकी बचाउन पुनले एक्लै चारसय पटक गोली चलाएका थिए भने १७ वटा ग्रिनेड प्रयोग गरेका थिए, त्यसैगरी एउटा धरापको समेत प्रयोग गरेर तालिबानी आक्रमणकारीको पन्छाएका थिए।
आफूसँग भएका विष्फोटकहरू सबै सकिएपछि पनि उनले हार खाएनन्। पर्खाल चढ्न खोजिरहेको एक तालिबानीलाई उनले मेशिनगनको कुन्दाले हिर्काएरै ठहरै बनाइदिए।
‘त्यो बेला म आँत्तिएको थिइनँ, किनभने मसँग लड्नुबाहेक त्योबेला केही कुरा सोच्ने पनि विकल्प थिएन,’ उनी भन्दै थिए, ‘चारैतिरबाट तालिवानले म एक्लोलाई घेराबन्दी गरेको थियो।’
त्यतिबेला यति धेरै तालिबान थिए कि उनलाई अब मर्नै छ भन्ने पक्का भइसकेको थियो। ‘त्यसैले उनीहरुले मलाई मार्नुभन्दा पहिले जतिलाई सक्छु म मारिदिन्छु भनेर एकोहोरो लडिरहेँ,’ उनले भने, ‘मैले दुश्मनको सफायाबाहेक केहि सोचिनँ।’
आफू सुरक्षित रहेको महसुस गरिरहेका बेला अचानक यो अवस्था आएको थियो। ‘तर, म भयभीत भइनँ,’ पुन भन्छन्, ‘तालिवानसँग हाम्रो आमनेसामने भएर लड्ने हिम्मत छैन।’
सेनाको कारपोरल पदमा भए पनि त्यतिखेर कार्यवाहक सर्जेन्टका रुपमा खटिएका पुनले एउटा सानो आधार शिविरको सेन्ट्री बसिरहेकै बेला सुरुमा केही अनौठो आवाज सुनेपछि सतर्कता अपनाएका थिए। सुरूमा त उनलाई कुनै गधा वा गाईले त्यस्तो आवाज उत्पन्न गरेको होला भन्ने लागेको थियो। तर, जब उनी खोज्दै निस्के त्यहाँ त दुई जना आतंकवादीले चेकपोष्ट अगाडिकै ढोका छेउमा खाल्डो खन्दै विष्फोटक हाल्न खोजिरहेको पो देखे।
उनलाई आफू चारैतिरबाट तालिबानको घेराबन्दीमा परिसकेको महसुस भयो। तालिबानहरु अब पूर्वनिर्धारित योजनाअनुसार आफूले सुरक्षा गरिरहेको परिसर कुल्चँदैछन् भन्ने उनलाई लाग्यो।
लगत्तै दुश्मनले चारैतिरबाट फायर खोले। केही मिनेटअघि मात्र सेना बसिरहेको सेन्ट्रीलाई ध्वस्तै बनाए। १५ मिनेटभन्दा बढी लगातार उताबाट आइरहेको ग्रिनेड र एके ४७ का प्रहारहरुलाई उनले छानामाथि एक्लै बसेर जवाफी हमला गर्दै बेसको रक्षा गरिरहे।
अधिकांश हमलाकारीहरू उनीभन्दा केवल ५० फिट दुरीमा थिए। तर, त्यति नै बेला उनी फनक्क घुम्दा एउटा विशाल तालिवानीले झण्डै उनलाई छोपिसकेका रहेछन्। यसरी पछाडिबाट हमला हुनै लागेको रहेछ। उनले तुरून्तै मेशिनगन उठाए र त्यस विशाल तालिवानीलाई छानाबाट लड्ने बेलासम्म लगातार गोली हिर्काइरहे।
त्यतिन्जेल उनी बसेको स्थानमा अर्को आतंकवादी उक्लनै थालिसकेको थियो। पुनले आफूसँग भएको एसए ८० राइफल उठाएर चलाउन खोजे। तर, त्यो बन्दुकले कामै गरेन। या त त्यसमा गोली थिएन वा जाम भएको थियो।
उनले छेवैमा रहेको बालुवाको बोरा उठाए। तर, राम्रोसँग नबाँधिएकोले त्यसका बालुवा सबै भुइँभरि पोखियो।
त्यतिबेलै उनी भित्रको नेपाली रगत उम्लियो। हातमा मेशिनगनको ट्राइपोड थियो। उनले त्यसैलाइ उज्याएर जोडले प्रहार गरे। ठीक त्यतिबेला आक्रोशित अनुहारबाट नेपाली आवाज निस्केको थियो, ‘मार्छु तँलाई।’ त्यो ट्राइपोडले लागेर त्यस उक्लँदै गरेको तालिवानी खुत्रुक्कै भुइँमा झरेको थियो।
पुनले आफूसँग भएको सम्पूर्ण विष्फोटक प्रयोग गरिसकेका थिए। अब प्रहार गर्नलाई केही बचेको थिएन। उता दुई जनाले अझै आक्रमण गर्दै थिए। यस्तो अवस्थामा उनले ‘क्लेमोर माइन’ (धराप) राख्न सुरू गरे।
ठीक त्यतिबेलै उनको कम्पनी कमाण्डर मेजर सउन च्याण्डलर आइपुगे। उनको काँधमा थप्थपाउँदै अवस्था बारे जानकारी मागे।
यो अवधिभर उनले मेशिनगनले २ सय ५० फायर, एसए ८० राइफलले एक सय ८० फायर, छ वटा फस्फोरस ग्रिनेड, छ वटा सामान्य ग्रिनेड, पाँचवटा ग्रिनेड लन्चर र एउटा ‘क्लेमोर माइन’ प्रयोग गरिसकेका थिए।
(यो घटनालगत्तै अन्तर्राष्ट्रय सञ्चार माध्यममा प्रकाशित रिपोर्टहरुमा आधारित।)
नेपाल सरकारले अफगानिस्तानसहित इराक, सिरिया र लिबियामा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वग्रस्त मुलुकहरू अफगानिस्तान, इराक, सिरिया र लिबियामा सरकारको अर्को निर्णय नभएसम्मका लागि रोजगारीका लागि जान प्रतिबन्ध लगाएको हो। अफगानिस्तानको राजधानी काबुल विस्फोटमा परी १३ नेपालीको मृत्यु भएपछि सरकारले ती देशहरूमा जान प्रतिबन्ध लगाएको हो।
यस्तै, बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। साथै काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।
बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकमा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई चार वर्षको लागि नियुक्त गरेको छ।
यसअघिका कार्यकारी निर्देशक राधेश पन्तको कार्यकाल सकिएपछि उनको ठाउँमा अधिकारीलाई ल्याइएको हो।
असार १०, २०७३, पोखरा ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध अस्ट्रेलियामा उजुरी परेका कारण अन्तिम समयमा भ्रमण रद्द गरेको अनुमान यहाँका नेपालीले गरेका छन् ।
दाहालविरुद्ध विगतमा भएको युद्धकालीन अवस्थाका पीडितले अस्ट्रेलियाका मुख्य राजनीतिक दलका प्रतिनिधिहरू, मानव अधिकारवादी संघसंस्था, एम्नेस्टी इन्टरनेसनल, मानव अधिकारसम्बन्धी वकालत गर्ने वकिलहरू र ठूला सञ्चार संस्थाहरूमा उजुरी गरेका छन् । कान्तिपुरलाई प्राप्त इमेलहरूमा दाहाललाई अन्तर्राष्ट्रिय कानुनी दायरामा ल्याउनुपर्ने वा तत्काल फिर्ता पठाउनुपर्ने माग गरिएको छ ।
दाहालले अस्ट्रेलिया उड्नु केही घण्टाअघि मात्र भ्रमण रद्द गरेका थिए । पार्टीगत कामका कारण भ्रमण रद्द गरेको बताइए पनि उनीविरुद्ध यहाँ सबैतिर उजुरी गरिएपछि विभिन्न आशंकाले भ्रमण रद्द गरेको हुन सक्ने अनुमान उनी सम्बद्ध व्यक्तिहरूले नै गरेका छन् । बिहीबार बिहान अस्ट्रेलियाको मेलबर्नमा अवतरण गर्ने भनिएका दाहालविरुद्ध तत्कालीन समयमा पीडित एक महिलाले उजुरी दिएकी थिइन् । उनको उजुरीमा दाहालले नेतृत्व गरेको माओवादी युद्धका कारण १६ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएको र बलात्कार, अपहरण, यातनालगायत अपराध भएको उल्लेख गरिएको छ । उजुरीमा राष्ट्रसंघद्वारा जारी नेपाल सम्बन्धी रिपोर्टसमेत समावेश गरिएको छ । उजुरीमा ३२ जना अन्य नेपालीले सहमति जनाएका छन् ।
यता अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियरलाई एक व्यक्तिले इमेल लेखेर दाहालका विरुद्ध उजुरी दिएको सार्वजनिक भएको छ । उक्त उजुरीको जवाफ फर्काउँदै प्रिमियर माइक बेयर्डका एक कर्मचारी गायल मिचेलले यो विषय न्यु साउथ वेल्स प्रहरीलाई ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्दै सहायक प्रिमियर तथा न्याय तथा प्रहरी मन्त्री ट्रोय ग्रान्टलाई उक्त इमेल पठाइसकिएको लेखेकी छन् । स्थानीय एमएनटीभीले सार्वजनिक गरेको उक्त पत्रमा भिसा दिने निर्णय केन्द्र सरकारको भएकाले जानकारी गराइसकिएको छ । उक्त इमेल कसले लेखेको भन्ने बारेमा नखुलेको भए पनि दाहाल भ्रमणको ३ दिनअघि आदानप्रदान भएको हो ।
दाहालको भ्रमणको प्रबन्ध मिलाउन ४ दिनअघि अस्ट्रेलिया आएका माओवादीका अन्तर्राष्ट्रिय विभाग सचिव युवराज चौलागाईंले आफूले यी कुरा केही मात्रामा सुने पनि यसमा सत्यता नभएको जिकिर गरे । दाहाल नेपालको प्रधानमन्त्री भइसकेको र द्वन्द्वकालीन समयमा भएका घटनालाई सुल्झाउन कानुन बनिसकेको अवस्थामा यी कुराले खासै प्रभाव नपार्ने उनको दाबी छ । अन्तिम समयमा आएर पार्टी र सदनको कार्यव्यस्तताले भ्रमण रद्द भएको तर्क उनले गरे ।
श्रोत: कान्तिपुर, राष्ट्रिय दैनिक ।
असार १०, २०७३. पोखरा ।
काठमाडौंको एउटा घरमा डेरा गरी बसेका विभिन्न व्यक्तिलाई चित्रण गर्दै निर्माण गरिएको चलचित्र ‘लुकामारी’ विशेष गरी सस्पेन्स कमेडी श्रेणीको चलचित्र हो । महिलाको काटिएको एउटा हात फेला परेपछि ती महिलाको शवको खोजी र हत्या हुनुको कारणलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको चलचित्र हो— लुकामारी ।
घरबेटीको छोराको भूमिकामा रहेका कर्मले डेरामा बस्ने मधेसी पात्रको भूमिकामा रहेका सौगात मल्ललाई दु:ख दिएका दृश्य तथा डेरामै बसेकी युवती सुरबिना कार्कीसँगको उसको प्रेम सम्बन्धलाई चलचित्रमा रोचक ढंगबाट देखाइएको छ । हत्याराको खोजीमा जुटेका अनुसन्धान अधिकृतहरूको अनुसन्धानमा आधारित चलचित्र ‘लुकामारी’मा सौगात र कर्मको गेटअपले निकै चर्चा बटुलेको छ ।
आँखा डेढो पारेर मधेसी पात्रको भूमिका निर्वाह गरेका सौगात र केश पहेंलो पारेर काठमाडौंको नेवार युवकको भूमिकामा रहेका कर्मको स्वभाविक अभिनयलाई चलचित्रको ट्रेलरमै मन पराइएको छ । सुसन प्रजापतिले खिचेको चलचित्र ‘लुकामारी’का निर्माता मदन केसी हुन् ।
यो चलचित्रमा अमृत मरहट्ठाको मेकअपले पनि चर्चा पाएको छ । विनोद खतिवडाले लेखेको चलचित्र ‘लुकामारी’का सम्पादक कृष्ण भण्डारी हुन् ।
निर्देशक : श्रीराम दाहाल
संगीत : विकास सिलवाल
कलाकार : सौगात मल्ल, विक्रम सिंह थारु, कर्म, सुरबिना कार्की, रिश्ता बस्नेत, कृष्णभक्त महर्जन आदि ।
चलचित्र लुकामारीको ट्रेलर
असार ९, २०७३
फायर बाइक अर्थात् आगो निभाउने मोटरसाइकल बारुण यन्त्र छिर्न नसक्ने साँघुरा स्थानहरूका लागि उपयोगी छ । विदेशमा प्रचलित यो बाइक नेपालमा पनि भित्रिएको छ ।
आगलागी नियन्त्रणका उपकरण तथा यन्त्रहरू जडान गरिएका यस्ता बाइकमा ड्राइ केमिकल पाउडर आदि रसायन पनि राखिएको हुन्छ । यस्ता बाइक अग्नि नियन्त्रकसम्बन्धी तालिमप्राप्त व्यक्तिलाई प्रदान गरिन्छ । अहिले मोडिफाइ गरी आगो निभाउन सक्ने बनाइएका एभेञ्जर बाइक नेपाल भित्रिएका छन् । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले जुद्ध वारुणयन्त्र कार्यालयलाई १० वटा बजाज तुफान बाइक उपलब्ध गराएको हो ।
०९ असार, काठमाडौं ।
काठमाडौंको बिजुली बजारस्थित धोबी खोलाको पुलनजिकै गुन्डागर्दीमा संलग्न एकजना युवालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।
‘गुण्डा नाइके’ जसवन्त गुरुङ भन्ने पूर्ण गुरुङलाई गोली हानेर पक्राउ गरेको छ । उनी काठमाडौंको बाफलमा बस्दै आएका थिए । महानगरीय प्रहरीको अपराध महाशाखाले उनलाई बिहीबार दिउँसो विजुलीबजारबाट पक्राउ गरेको हो ।
पक्राउ गर्ने क्रममा प्रहरीमाथि उनले रडले आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । र, अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । गुरुङविरुद्ध कालिमाटी, कलंकी क्षेत्रका होटल रेष्टुँराहरुमा धम्क्याएर रकम उठाउने गरेको भन्दै उजुरी परेको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए । चार दिन अघि उनले हप्ता नदिएको भन्दै कालीमाटी आसपासका तीन जनालाई कुटपिट गरेका थिए । उनी यसअघि पनि ज्यान मुद्दा र सार्बजनिक अपराधका मुद्दामा सजायँ पाइसकेका व्यक्ति हुन् ।
स्रोत अन्नपुर्ण पोष्ट
असार ९, २०७३ ।
चिली कोपा अमेरिका सेन्टेनारियाको फाइनलमा प्रवेश गरेको छ । अब आगमी सोमबार बिहान हुने फाइनल खेलमा चिलीले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।
यसअघिको संस्करणमा पनि चिली र अर्जेन्टिना नै उपाधिको लागि भिडेका थिए । पेनाल्टी सुटआउटमा चिलीले अर्जेन्टिनालाई हराएको थियो ।
बिहीबार बिहान संयुक्त राज्य अमेरिकाको सिकागोस्थित सोल्जर फिल्डमा भएको सेमिफाइनल खेलमा चिलीले कोलम्बियालाई २-० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
चिलीका लागि चार्ल्स एरान्गुइजले सातौं मिनेटमा गोल गरेर टिमको लागि खाता खोलेका थिए । यसैगरी ११ औं मिनेटमा जोसे पेड्रो फुइन्जालिडाले दोस्रो गोल गर्दै टिमको गोल अन्तरलाई दोब्बर बनाए ।
खराब मौसमका कारण लामो समयसम्म रोकिएको खेलमा दोस्रो हाफमा दुबै पक्षबाट गो हुन सकेन । खेलमा चार्ल्स म्यान अफ दि म्याच भए ।
असार - ९ , २०७३।
११ सय सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा माओवादी केन्द्रले थप ४ सय केन्द्रीय सदस्य थपेको छ । प्रवक्ता पम्फा भूसालले यो संख्या केन्द्रीय समितिको नभई ‘एकता महाधिवेशन आयोजक समिति’ का रुपमा बढ्न गएको बताइन् । यसपालि थपिने अनुहारमा माओवादी भ्रातृ संगठनका सबै पदाधिकारी पर्न गएका छन् ।
प्रवक्ता भुसालले २ सय ५५ सदस्यीय पोलिटब्यूरोलाई बढाएर २ सय ९९ सदस्यीय बनाएको बताइन् । पार्टी हेडक्वार्टर र संगठनात्मक नीति निर्माण कार्यदलबीचको बैठकले बाकी सदस्य थप्ने निर्णय गरेको हो । त्यस्तै ८५ सदस्यीय सचिवालय पनि अब ९९ सदस्यीय हुने भूसालको भनाई थियो । ‘यो सामान्य अवस्थाको केन्द्रीय समिति होइन, केन्द्रीय समिति त महाधिवेशनबाट बन्छ,’ भूसालले भनिन् ।
माओवादीले माघभित्र पार्टीको महाधिवेशन गरिसक्ने निर्णयसमेत गरेको छ । भूसालले साउनभित्र भ्रातृसंगठन र पेशागत मोर्चाको एकता तथा समायोजन अभियान टुंग्याइसक्ने खाका बनेको जानकारी दिइन् । स्थानीय पार्टी कमिटीको सम्मेलन तथा एकता भेला असोजभित्र गरिसक्ने, मंसिरभित्र सबै प्रदेशको एकता भेला तथा सम्मेलन गरिसक्ने माआवादीले बताएको छ । पछिल्लो केन्द्रीय समिति विस्तारमा थपिएर केन्द्रीय सदस्य बनेका अखिल क्रान्तिकारी उपाध्यक्ष रन्जित तामाङले पार्टी एकता प्रक्रियाकै कारण संगठन ठूलो बन्न पुगेको, पछिल्लो बिस्तारमा विद्यार्थी, युवालगायत भ्रातृ संगठनका पदाधिकारी पर्न गएको बताए ।
यसैगरी माओवादीले एक महिनाअघि एकता प्रक्रियामा आएका रामबहादुर थापालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । स्कूल विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ तोकिएका छन् । त्यस्तै प्रचार विभागको इञ्चार्जमा पम्फा भुसाल, आदिवासी जनजाती विभागको इञ्चार्जमा देव गुरुङ, जलस्रोत विभाग इञ्चार्ज लीलामणि पोख्रेल, उत्पादन तथा सहकारी विभाग इञ्चार्ज लोकेन्द्र विष्ट र अनुशासन विभागको इञ्चार्जमा अमिक शेरचन तोकिएका छन् । यसैगरी प्रदेश इञ्चार्ज पनि फेरबदल गरेको छ । यसअघि केन्द्रीय समिति बैठकबाट तोकिएका इञ्चार्जमध्ये केहीलाई अदल बदल गर्ने क्रममा माओवादीले प्रदेश नम्बर १ को इञ्चार्जमा राम कार्की र प्रदेश छ मा जनार्दन शर्मा यथावत राखेको छ ।
बाँकी प्रदेशमा एकता प्रक्रियाबाट आएका मध्ये प्रदेश २ मा मातृकाप्रसाद यादव, प्रदेश ३ मा रामबहादुर थापा, ४ मा देव गुरुङ, ५ मा वर्षमान पुन, र प्रदेश नम्बर ७ लेखराज भट्ट छानिएका छन् । यसैगरी प्रवास ब्युरोको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई प्रवासको, कृष्णबहादुर महरालाई संसद र टोपबहादुर रायमाझीलाई सरकार हेर्नेगरी जिम्मेवारी बाडफाड गरेको छ ।
असार -९, भक्तपुर ।
भक्तपुरको जगातीबाट अगाडि बढेपछि मूल सडकको दायाँ–बायाँ खाजा घर, रेस्टुरेन्ट तथा बारहरु प्रशस्तै भेटिन्छन् । उपत्यकाबाट अलि परको यस क्षेत्रमा पचासभन्दा बढी होटल तथा गेस्ट हाउस सञ्चालनमा छन् । रेस्टुरेन्ट तथा खाजा घरको ब्यानरमा सञ्चालित यस्ता होटलमा यौन व्यवसाय हुने गरेको रहस्य खुलासा भएको छ । मूल सडकको आसपासमा धान खेतसँग जोडिएका रेस्टुरेन्टमध्ये कतै साना साना कटेज छन् भने अट्याच बाथरुमसहितका कोठा निकालेर पनि यौन धन्दा सञ्चालन गरिरहेका छन् ।
एक महिनाको रिसर्चपछि बुधबार रातोपाटीकर्मी पलाँसेस्थित हाइवे होटल एन्ड रेस्टुरेन्टमा पुग्दा होटल मालिक टेलिभिजन हेरिरहेका थिए । ‘साहुजी कफी बन्छ ?’ छक्क परेर होटल सञ्चालकले भने, ‘यहाँ त्यस्तो चिया कफी केही बन्दैन ।’ हाइवे होटल काउन्टरको दराजमा एक दुईवटा चाउ चाउ र फ्रुटी मात्रै थिए भने मध्यान्हसम्म होटल सुनसान थियो । काउन्टरभन्दा पछाडिपटि चारकोठाको छुट्टै संरचना थियो । रातोपाटीकर्मीले एक–एकवटा फ्रुटी लिँदै उनलाई सोधे, ‘माछा–मासु, मदिराजन्य पदार्थ अथवा पिजा, बिर्यानी केही देखिँदैन, कसरी चल्छ त तपाईंको होटल ?’ हाँस्दै उनले जवाफ दिए, ‘खै, चलिरहेको छ ।’
जगाती क्रस गरेपछि भेटिने जय हिमालय रेस्टुरेन्ट, पिसफुल तथा सुकुल नामका रेस्टुरेन्टहरूमा सहरबाट मोटरसाइकल या गाडीमा युवती राखेर पुग्नेहरू त सामान्य भइहाल्यो । होटलमा कार्यरत स्टाफलहरूका अनुसार यस्ता रेस्टुरेन्टहरूले महँगो शुल्क लिएर युवतीहरू सप्लाई गर्ने गरेका छन् । ‘केटीहरू हाम्रो सम्पर्कमा हुन्छन्, ग्राहक हेरेर एक हजारदेखि दुई हजारसम्मको शुल्क लिएर हामी बोलाइदिन्छौं’ पलाँसेस्थित एक रेस्टुरेन्टमा लामो समयदेखि काम गर्दै आएका एक युवाले भने, ‘हामी ग्राहकसँग पैसा लिएर काउन्टरमा राखिदिन्छौं, काम सकिएपछि केटीलाई दिन्छौं ।’ पलाँसेस्थित ग्रिन भ्यु रिसोर्ट एन्ड रेस्टुरेन्टको आसपास आधा दर्जन छ्वालीले छाएका साना कटेराहरू देखिन्छ । होटलको मुख्य बिल्डिङमा कोठाहरू छन् । ‘कटेजमा बसेर खाएपछि ग्राहकहरू कोठामा जान्छन्’ यसभन्दा पहिले सोही होटलमा काम गरेर छाडेका रवीन नामका युवाले भने, ‘कोठामा एक घण्टा बसेको छुट्टै हजारदेखि पन्ध्र सय तिर्नुपर्छ ।’
त्यस्ता होटलका बोर्डहरू पलाँसेबाट उकालो लागेपछि मात्र ओझेल पर्छन् । ‘युवती नराखी यहाँका कुनै होटल चलेका छैनन्’ जगातीको एक होटलका कुकले भने, ‘चिकेन चिल्ली र पिज्जा खान त यहाँ कोही आउँदैन सबै होटलको धन्दा एउटै हो ।’ उनका अनुसार जगातीको ‘ए वान’ नामक रेस्टुरेन्टले २० जनाभन्दा बढी युवतीहरू राखेर होटल सञ्चालन गरेको छ । ‘पलाँसेस्थित मैले काम गरेको होटलमा पाँच जना छन्’, उनले भने, ‘तीन चार युवतीहरू सबै होटलमा हुन्छन् ।’ हरेक होटलहरूले पचास जनाभन्दा धेरै सेक्स वर्करहरूको नाम र फोन नम्बर डायरीमा टिपेर राखेका हुन्छन् । ‘ग्राहकले इच्छा गरेपछि उनीहरूलाई ट्याक्सीमा आउन भनिन्छ’ उनले भने, ‘ट्याक्सीभाडा ग्राहकले तिर्छन् ।’
पलाँसेका एक होटल सञ्चालकका अनुसार युवती राखेर होटल चलाएबापत उनीहरूले प्रहरीलाई महिनावारी पैसा बुझाउने गरेका छन् । ‘गुण्डा, प्रहरी र स्थानीयलाई नमिलाईकन यस्तो काम गर्न सकिँदैन’, उनले भने, ‘गुण्डालाई महिनाको २० हजार प्रहरीलाई महिनाको २० हजार बुझाउनुपर्छ ।’ उनका अनुसार घुमुवा प्रहरीहरूले त्यसरी पैसा लिएर होटल एरिया हेर्ने महानगरीय प्रहरी वृत्त जगातीदेखि महानगरीय प्रहरी परिसर भक्तपुरसम्मलाई मिलाउँछन् । ‘जगातिमा नयाँ डीएसपी आउँदा अलि टाइट हुन्छ’, ती सञ्चालकले भने, ‘सिभिलमा आउने प्रहरीहरूले छापा मार्न आउन लागेको कुरा जानकारी गराउँछन्, ‘त्यसपछि हामी केटीहरूसँगै बसेर रक्सी खान थाल्छौं, स्टाफहरूले गेस्ट भनेर प्रहरीलाई फर्काइदिन्छन् ।’ होटलबाट कमिसन लिने गरेको बारे प्रश्न गर्दा महानगरीय प्रहरी वृत्त जगातीका डीएसपी मित्र बन्धु शर्माले आधारहीन कुरा भएको बताए । डीएसपी शर्माले भने, ‘ती होटलहरूमा अवैध यौनधन्दा भएको छैन, केटाकेटी सहमत भएर त्यस्तो गर्न आएमा हामीले धेरै टाइट गरेका छैनौं ।’ ती होटलहरूमा पटक–पटक छापा मारिएको दावी गर्दै डीएसपी शर्माले भने, ‘त्यसरी कमिसन खाएका छैनौं ।’
असार - ९, भैरहवा ।
अफगानिस्तानमा आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका रुपन्देहीका एक पुरुषको दाहसंस्कार गर्ने विषयमा दुई मच्चिएको छ ।
काबुल घटनामा मृत्यु भएका वुटवल रुपन्देहीका ४१ बर्षीय जितेन्द्र थापाको शब बुधवार साँझ भैरहवामा ल्याइएको छ । थापाको शव नेपाल एअरलाइन्सको जहाजमा सरकारले काठमाडौं ल्याएको थियो भने काठमाडौंबाट सोझै नेपाली सेनाको हेलिकप्टरले भैरहवा ल्याइएको थियो । थापाको शब नेपाली सेनाले भैरहवा ल्याइसकेपछि उनको जेठी र कान्छी श्रीमती भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए । थापाको शव बुझ्ने क्रममा जेठी श्रीमति गौमती थापा र कान्छी श्रीमती सञ्जिता थापाबीच विवाद उत्पन्न भयो ।
कान्छी श्रीमतीले जेठीसँग जितेन्द्रको सम्बन्धविच्छेद भइसकेकोले श्रीमानको शव बुझ्ने र अन्त्येष्टि गर्ने अधिकार आफूले पाउनुपर्ने भन्दै काठमाडौमै दाबी गरेकी थिइन् तर कान्छी श्रीमतीको विवाह दर्ता समेत नभएकोले प्रमाण नपुगेको भन्दै रुपन्देही प्रशासनको पहलमा शव रुपन्देही ल्याइएको हो । त्यसपछि शव आएको केहीबेरमै कान्छी श्रीमती पनि काठमाडौंबाट बुद्ध एअरमार्फत भैरहवा आएकी थिइन् ।
कान्छी र जेठी दुबै श्रीमती, सामाजिक अगुवा शिव सुवेदी, रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालसहित, जेठी र कान्छीतर्फका आफन्तबीचको छलफलपछि अन्ततः दुबै श्रीमतीले भैरहवास्थित बिमानस्थलमै शव बुझे ।
थापा जेठी श्रीमतिसँग छुट्टिएर कान्छीसंगै बस्दै आएको खुलेको छ । जेठी श्रीमतीसहित २ छोराले थापालाई मानाचामलको मुद्दा हाली जिल्ला अदालत रुपन्देहीको फैसला अनुसार छुट्टिएर बसेका थिए । पछिल्लो समय थापा कान्छी श्रीमतीसँग काठमाडौं बस्दै आएका थिए । यही २०७३ फागुनमा नेपाल आई कान्छी पट्टिको छोराको न्वारन गरी अफगानिस्तान फर्केका थापा अब कहिल्यै नफर्कने गरी बाकसमा नेपाल फिर्ता भएका छन् ।
थापाको जेठी श्रीमतीतर्फ २ छोरा छन् भने कान्छीतर्फ १ सन्तान छन् । जेठी श्रीमतीका परिवारले क्रिस्चियन धर्म मान्ने हुँदा क्रिस्चीयन धर्मअनुसार अन्तिम संस्कार गर्ने र कान्छीले थापा र आफू हिन्दू भएको हुँदा हिन्दू संस्कार अनुसार अन्तिम संस्कार गर्नुपर्ने दाबी गरेका छन् ।
अन्तिम संस्कार सामाजिक रीतिरीवाज र घरसल्लाह गरेर गर्ने गरी शव बुझाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । थापाको बिहीबार बुटवलमा दुबै श्रीमती र घरको सल्लाह र सहमतिमा दाहसंस्कार गरिने सामाजिक अगुवा शिव सुवेदीले दैनिक नेपालले बताए ।
असार - ९ पोखरा ।
काबुलमा सोमबार बिहानको आत्मघाती बम बिष्फोटमा परेर घाइते नुवाकोटका च्याङ्वा तामाङ्को स्थानीय वेष्ट-एक्स मेडिकलमा उपचाररत अवस्थामै बुधबार अपरान्ह मृत्यु भएको छ । अर्का सख्त घाइते चितवनका मानबहादुर थापालाई बुधबार राति एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको छ ।
काबुलस्थित अस्पताल स्रोतका अनुसार सोमबारयता भेन्टिेलेटरमा राखेर उपचार भइरहेको थियो । बिष्फोटमा घाइते अन्य ५ जनालाई बुधबार दिउँसो दिल्लीको अपोलो अस्पताल लगिएको थियो । बिष्फोटमा परेर काबुलमा ज्यान गुमाउने १२ जना नेपाली कामदारको शव नेपाल एयरलाइन्सको विशेष उडानबाट बुधबार साँझ काठमाडौं ल्याइएको छ ।
यसैबीच, काबुलस्थित सार्बे सेक्युरिटी इन्टरनेसलमार्फत क्यानेडियन दुतावासको सुरक्षामा खटाइएका कामदारलाई आफ्नै सेवा-सुरक्षा प्रत्याभूति नरहिन्जेल काममा नपठाउने शर्त राखेपछि बिहीबारबाट विशेष सुरक्षासहितको गाडीबाट आवागमनको व्यवस्था गराइएको छ । कामदार उद्धार तथा घरफिर्ति समन्वयमा काबुल पुगेका इश्लामाबादस्थित कार्यबाहक राजदूत तीर्थराज अर्यालले सार्बे कम्पनी पुगेर कामदार सेवा/सुरक्षाको प्रबन्ध तय गर्न परामर्श गरेका थिए । मृतक तथा घाइते कामदारले पाउने बिमा तथा क्षतिपूर्ति सुविधाबारे कुराकानी भइरहेको एक कामदारले बताए ।
काबुलको बम बिष्फोट कान्डमा ज्यान गुमाउने दुई भारतीय नेपालीको शव भने बिहीबारै मात्रै देहरादून लगिंदैछ । नेपाल सरकारले अत्यन्त छोटो समयमा निर्णय गरेर विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको शव घर फिर्ता गराएको यो पहिलो उदाहरण हो ।
Popular Posts
News Archive
-
▼
2016
(42)
-
▼
June
(42)
- महिला अधिकारको लागी भन्दै आफ्नो छाती त यौनांग छुन ...
- women beating one of their husband’s mistresses in...
- बिमानस्थलमा आत्मघाती बम आक्रमण: ३६ मृत्यु, १४० घाइ...
- अघिल्लो बर्षको असार १५ नेपालीहरुको लज्जास्पद दिन:...
- दरबार हत्याकाण्डको १६ बर्षपछी पारसले मुख खोले: भिड...
- ड्राइभर समेत नक्कली भेटियो: अब अप्रेशन शुरु ।
- काठमाडौँमा गर्भपतनको डरलाग्दो तथ्यांक: अधिकांश कि...
- जिउने आ-आफ्नै तरिका: बाऊ आई जी पी, छोरा साधु ।
- दुख:द समाचार - मोडल सृस्टी शाही को पोर्चुगलमा निधन...
- यो न्याय हो कि अत्याचार ?
- श्रीमतीलाई मालिकसंग सम्पर्क गराउंदा झन्डै ज्यान गयो ।
- कन्डम मन पर्दैन ? खुसीको खबर ।
- सपनामा सम्भोग गरेको देख्नुको अर्थ र महत्वहरु ।
- मन्त्रि कुन्ती शाहीलाई बानेश्वरमा केटाहरुले जिस्...
- फेरी काबुल बाट आयो अर्को अत्यन्त त्रासदीपूर्ण खबर ...
- युद्द चेकपोस्टमा एक्लै गोर्खालीले ३० तालिवानी सखा...
- अफगानिस्तान जान प्रतिबन्ध: क्षतिपूर्ति १०- १० लाख ।
- अष्ट्रेलियामा पक्राउ पर्ने डरले प्रचण्डको भ्रमण ...
- आजबाट प्रदर्शनमा आएको फ्लिम "लुकामारी"।
- अनमोल के सी संगको प्रेम सम्बन्ध बारे खुलिन अन्ना !
- आगो निभाउने मोटरसाइकल अब काठमाडौँमा
- काठमाडौँमा प्रहरीद्वारा गुन्डालाई गोली प्रहार ।
- कोपा अमेरिकाको फाइनलमा पुनः चिली र अर्जेन्टिना भिड...
- माओबादी केन्द्र: १४ सय ९९ सदस्यीय जम्बो केन्द्रीय ...
- भातेढिकुर-पलाँसे खण्डमा रेस्टुरेन्टको ब्यानरमा मौल...
- श्रीमानको शब बुझ्ने बिषयमा जेठी कान्छी श्रीमती बिच...
- काबुलमा घाइते भएका थप एक नेपालीको मृत्यु: शब ल्या...
- श्री परिवारसंगको स्वेताको नाता छोरीमा परिबर्तन हुँ...
- यता नेपालीहरुको शब काठमाडौँ आइपुग्यो उता ६ तालिव...
- Neaplis killed in the Taliban suicide bomb attack ...
- काबुलमा मारिएका नेपालीहरुको शब आज ३ बजे नेपाल आइ...
- जसले एसएलसी पनी नदिई सफलताको स्वाद चाखे: पुरा पढ्न...
- नेपालीलाई निशाना बनाएको कारण पत्ता लगाउने गृह मन्त...
- गर्दन मुनिको पुरै भाग परिबर्तन गर्ने चिनियाँ डाक्ट...
- आयुर्वेद विभागको औषधीको गुणस्तरमा उठ्यो प्रश्न : औ...
-
▼
June
(42)











































