Select Menu
Select Menu

Society

National News

Entertainment News

Health & Life Style

Sports News

Technology News

Interview News

International News

Videos

Business News


Dainik Suchana 5:43 AM 2


काठमाडौं, ८ असार । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै दृश्य देखियो । सधै कर्मचारीको सलामी खाने प्रधानमन्त्रीले आफै सलामी ठोकिरहेका थिए ।
पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थल पुगेर विदेशी भुमिमा मारिएका नेपाली कामदारको शव बुझ्दै सलामी ठोकेका हुन् ।
विमानस्थलमा खटिएका प्रहरी उपरीक्षक प्रमोद कुमार खरेलका अनुसार अफगानिस्तानको काबुलमा सोमबार विहान आत्मघाती हमलामा मारिएका १२ नेपालीलाई प्रधानमन्त्री ओलीले सलामी ठोकेका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्रीले नै सलामी ठोकेपछि सबैले सलामी ठोकेका थिए र त्यसपछि जयजयकारको नारा लाग्यो । सबैले भन्न थाले ‘ओली सरकारको जय होस’ ।
मृतकका आफन्तहरुले सरकारको छिटो कामकारबाही देखेर सरकारलाई धन्यवाद दिए । उनीहरुले प्रधानमन्त्री ओलीसँग हातै मिलाएर आजसम्म कुनैपनि सरकारले प्रवासी नेपालीका लागि यत्ति सक्रियताका साथ काम नगरेको भन्दै ओली सरकारलाई धन्यवाद दिएका थिए ।


८ असार, काठमाडौं ।
             अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव बुधबार अपराहृन काठमाडौं विमानस्थलमा ल्याइपुर्‍याउँदा सिंगै देश भावहि्वल बन्यो । 

 वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको तीनदिनपछि उनीहरुको शब बाकसमा हालेर स्वदेश ल्याइएको हो । क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु ड्युटीमा जाने क्रममा आतंकवादी आक्रमणमा परेका थिए । घटनामा मारिएकाहरुको शव नेपाल सरकारले चार्टर विमान पठाएर नेपाल ल्याएको हो ।मृतकको शव कफनमा राखिएको थियो भने बाहिर पासपोर्टको फोटोकपी टाँसिएको थियो । कमाउनका लागि विमान चढेर अफगान गएका आफन्तजन बाकसमा कैद बनेर फर्किँदा परिवार र आफन्तले आफूलाई थाम्न सकेनन् । कोही बाकसमा टाँसिएको तस्वीर सुमसुम्याइरहेका देखिन्थे भने कोही त्यही बाकसलाई आगालो हालेर डाँको छोडिरहेका थिए । विमानस्थलमा आफन्तको रुवाबासी चलेको थियो । काबुलमा ज्यान गुमाएकाहरको पत्नी, छोराछोरी तथा आफन्त भावविहृवल थिए । चार महिने छोरा काखमा बोकेकी सञ्चिता लामा पनि पति जितेन्द्रसिंह कार्कीको शव बुझ्न विमानस्थल पुगेकी थिइन् ।यो शोकको घडीमा विमानस्थलमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीसमेत उपस्थित थिए । मृतकहरुप्रति श्रद्धान्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत लगायत विमानस्थल पुगेका थिए ।यो शोकको घडीले रमेश बीजीको यो गीतको सम्झना गराइरहेको प्रतीत हुन्थ्यो- ‘कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्क्यौं बाकसमा



एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार राति अमेरिकासँग आवद्ध चालकरहित विमान (ड्रोन) आक्रमणमा करिब ६ आतङ्ककारी मारिएका सैनिकस्रोतले बुधबार जानकारी दिएको छ । अन्तर्राष्ट्रिय सेनाद्धारा गरिएको यस ड्रोन आक्रमण इमाम सहिब जिल्लाका घरो किसलाक गाउँमा भएको जनाइएको छ । गत अप्रिलदेखि तालिवान आतङ्ककारी समूहले भीषण आक्रमण गर्ने घोषणा गर्दै सर्वसाधारण व्यक्ति, सरकारी अधिकारीहरु र सुरक्षाबललाई पनि लक्ष्यगरी आक्रमण गर्दै आएका छन् । यस विरुद्ध अफगान सुरक्षाबल र अन्तर्राष्ट्रिय सेनाले समेत गरेको कारबाहीका क्रममा तालिवान आतङ्ककारीहरु मारिएका छन् ।

«
Next
»
Previous

2 comments यता नेपालीहरुको शब काठमाडौँ आइपुग्यो उता ६ तालिवानी मारिए ।

  1. such a bad day for nrpali RIP those who are killed in attack.

    ReplyDelete
  2. such a bad day for nrpali RIP those who are killed in attack.

    ReplyDelete