Select Menu
Select Menu

Society

National News

Entertainment News

Health & Life Style

Sports News

Technology News

Interview News

International News

Videos

Business News


Dainik Suchana 4:35 AM 0


असार १२, पोखरा ।
           बाराणसीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गर्ने प्रयास गरेकी छिन् ।
            श्रीमानले मालिकलाई खुसी पार्न घरमै बोलाएर मालिकसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेपछि अन्तिममा मालिकसँगै मिलेर श्रीमानको हत्या गर्न खोजेकी हुन् ।
सुरुमा शारीरिक सम्पर्क राख्न नमानेकी महिलाले आफ्नो फाइदाका लिन श्रीमान मनीष सेठले दिनदिनै मालिकसँग सम्बन्ध राख्न लगाउँदा ती महिलाको मालिकसँगै प्रेम परेको थियो ।

        त्यो प्रेम उत्कर्षमा पुगेपछि महिलाका श्रीमान झण्डै मारिएका थिए । महिला र मालिक मिलेर मनीषको हत्या गराउन खोजेका थिए ।तर, आक्रमणमा परी उनी घाइते मात्रै भए ।

            प्रहरीले मनीषकी श्रीमती र उनका मालिक जितेन्द्रलाई पक्राउ गरेको छ । बाराणसी प्रहरी अपराध प्रमुख एसपी त्रिभुवन सिंहले हत्याको अभियोगमा मनीषकी श्रीमती र जितेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए ।

            महिलाको प्रेममा परेको जितेन्द्रले आफ्नी घरकी श्रीमती छाडेका थिए र मनीषको हत्या गर्न स्थानीय गुण्डालाई १ लाख ८० हजारको सुपारी पनि दिएका थिए ।

            प्रहरी वयानमा जितेन्द्र मालिकबाट फाइदा लिन श्रीमतीलाई सम्बन्ध राख्न लगाएको तर श्रीमती नै प्रेममा पर्दा मालिकबाट कुनै फाइदा नहुँदा श्रीमतीलाई मालिकसँग भेट्न रोक लगाएको बताएका छन् । उनले भनेका छन्- ‘तैपनि उनी लुकेर मेरो मालिकलाई भेट्न थालिन र मलाई नै मार्न खोजी ।’   

«
Next
»
Previous

No comments

Leave a Reply