Neaplis killed in the Taliban suicide bomb attack has landed at Tribhuvan International Airport in Kathmandu.
Dainik Suchana
4:34 AM
0
A flight of the Nepal Airlines Corporation (NAC) with the bodies of 12 Neaplis killed in the Taliban suicide bomb attack has landed at Tribhuvan International Airport in Kathmandu.

Prime Minister KP Sharma Oli, Home Minister Shakti Bahadur Basnet and Minister for Labor Deepak Bohara have reached the airport to receive the bodies.

The kin of victims have already reached the TIA after hearing that the bodies of their family members are being brought in a special chartered flight.

The security personnel from Nepal Army, Nepal Police, high ranking officials at Immigration Department based at TIA had been informed on PM’s visit to TIA.
सोमबार बिहान ५ः४० बजे बजे काबुलमा रहेको क्यानेडियन दूताबासमा कार्यरत नेपाली सुरक्षा गार्ड बोकेको मिनि बसमा आत्मघाती आक्रमण । – आक्रमणलगत्तै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएसँगै नेपालमा हल्लीखल्ली । लगत्तै सरकारद्वारा कुटनीतिक च्यानलमार्फत सोधपुछ सुरु ।अफगानिस्थानमा नेपाली दूतबास नरहेकाले पाकिस्तानस्थित नेपाली दूताबास सक्रिय ।
– घटनामा १२ नेपालीको मृत्यु र ७ जना घाइते । पूरा देश शोकमग्न । दुई भारतीय नागरिकको समेत मृत्यु । – सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भरत पौडेलले काबुल घटनामा १२ नेपाली मारिएको पुष्टि गर्दै थप ७ जना घाइते समेत भएको जानकारी दिए । सो पत्रकार सम्मेलनमा मृतक र घाइतेको विवरण पनि उपलब्ध गराइयो । – पाकिस्तानबाट नेपाली राजदूताबासका कार्यबाहक राजदूत तीर्थराज अर्याल काबुल प्रस्थान । सरकारको निर्देशनअनुसार मंगलबार बिहान काबुल पुगेका कार्यबहाक राजदूतले त्यहाँ पुगेर नेपाली कार्यरत कम्पनी, अफगानी सरकारी प्रतिनिधि र अस्पताल पुगेर घाइतेसँग भेट गरे । घटनापछि सबै राजनीतिक दल र सरकारद्वारा भत्सर्ना ।
– मंगलबार र बुधबार गरी घटनामा घाइते ७ जनालाई उपचारका लागि दिल्ली पुर्याइयो । – मंगलबार बिहान सरकारद्वारा आत्मघाती आक्रमणमा मृत्यु भएकाको शब र घाइतेलाई उद्दार गर्न विमान पठाउने निर्णय । अफगानिस्तानमा कार्यरत नेपालीहरुलाई घर फर्कन चाहे बिमानमा निशुल्क सेवा । – मंगलबार दिउँसो परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी घटनाको बारेमा थप जानकारी दियो ।
– मंगलबार दिउँसो बसेको व्यवस्थापिका संसदको बैठकमा सभामुखद्वारा दुःख व्यक्त । एमाले सांसद चूडामणि विक ‘जंगली’ हत्याको छानबिन गर्न माग गरे । – मंगलबार साँझ अफगानी राष्ट्रपति असरफ घानी अहमदजाईले राष्ट्रपति विद्यादेबी भण्डारीलाई टेलिफोन गरी आत्मघाती हमलामा नेपालीले ज्यान गुमाएको प्रति दुःख व्यक्त गरे । – बुधबार बिहान तीन बजे काठमाडौंबाट नेपाल वायु सेवा निगमको विमान काबुल प्रस्थान । काबुल घटनामा मारिएका बुटवल १३ देबी नगरका जीतेन्द्र सिंह थापाका परिवारले शब घरमै ल्याइदिन आग्रह गरे भने दिउँसो व्यवस्थापिका संसदको बैठकमा सांसदहरुले मृतकहरुको शब घरसम्मै पुर्याइदिन सरकारसँग आग्रह गरे ।
– बुधबार नै राष्ट्रसंघका महासचिव बानकी मुनले विज्ञप्ती जारी गर्दै काबुल घटनाको भत्सर्ना गरे । – मृतकको शब र घर फर्कन चाहेका २४ जनालाई लिएर विमान सवा १२ बजे काठमाडौंको लागि प्रस्थान । – बिहान १० बजेदेखि नै मृतक र चाटर्टमार्फत फर्किएका सुरक्षा गार्डका आफन्त विमानस्थल परिसरमा पुगे । – २ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण । – प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापालगायतका सरकारी अधिकारीहरु शब बुझ्न विमानस्थलमा पुगे । – शब आएलगत्तै मृतकका परिवार र आफन्तको रोइकराईले त्यहाँको अवस्था निकै भावुक बन्यो ।
विमानस्थलमा पुगेका अन्य मानिसहरुको समेत आँखा रसाए । – विमानस्थाल पुगेका प्रधानमन्त्रीसहितका सरकारी अधिकारी र आफन्तले मृतकप्रति श्रद्धाञ्जली दिए । छोटो मन्तब्यमा प्रधानमन्त्रीले दुःख व्यक्त गर्दै क्षतिपूर्तिका लागि सरकारले आवश्यक निर्णय लिने बताए । – गृह प्रवक्ता यादव कोइरालाले मृतकको शब मृतककै घरमै पुर्याउन दुई ओटा हेलिकप्टर तयार पारिएको र मौसमले साथ नदिए शब बहानमार्फत पठाइने व्यवस्था मिलाइएको बताए । – बुधबार दिउँसो ३ः४० बजे मृतकको शब आफन्तलाई बुझाइयो ।

No comments