Select Menu
Select Menu

Society

National News

Entertainment News

Health & Life Style

Sports News

Technology News

Interview News

International News

Videos

Business News


Dainik Suchana 12:59 AM 0


असार - ९ , २०७३।
        ११ सय सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा माओवादी केन्द्रले थप ४ सय केन्द्रीय सदस्य थपेको छ । प्रवक्ता पम्फा भूसालले यो संख्या केन्द्रीय समितिको नभई ‘एकता महाधिवेशन आयोजक समिति’ का रुपमा बढ्न गएको बताइन् । यसपालि थपिने अनुहारमा माओवादी भ्रातृ संगठनका सबै पदाधिकारी पर्न गएका छन् ।

           प्रवक्ता भुसालले २ सय ५५ सदस्यीय पोलिटब्यूरोलाई बढाएर २ सय ९९ सदस्यीय बनाएको बताइन् । पार्टी हेडक्वार्टर र संगठनात्मक नीति निर्माण कार्यदलबीचको बैठकले बाकी सदस्य थप्ने निर्णय गरेको हो । त्यस्तै ८५ सदस्यीय सचिवालय पनि अब ९९ सदस्यीय हुने भूसालको भनाई थियो । ‘यो सामान्य अवस्थाको केन्द्रीय समिति होइन, केन्द्रीय समिति त महाधिवेशनबाट बन्छ,’ भूसालले भनिन् ।

            माओवादीले माघभित्र पार्टीको महाधिवेशन गरिसक्ने निर्णयसमेत गरेको छ । भूसालले साउनभित्र भ्रातृसंगठन र पेशागत मोर्चाको एकता तथा समायोजन अभियान टुंग्याइसक्ने खाका बनेको जानकारी दिइन् । स्थानीय पार्टी कमिटीको सम्मेलन तथा एकता भेला असोजभित्र गरिसक्ने, मंसिरभित्र सबै प्रदेशको एकता भेला तथा सम्मेलन गरिसक्ने माआवादीले बताएको छ । पछिल्लो केन्द्रीय समिति विस्तारमा थपिएर केन्द्रीय सदस्य बनेका अखिल क्रान्तिकारी उपाध्यक्ष रन्जित तामाङले पार्टी एकता प्रक्रियाकै कारण संगठन ठूलो बन्न पुगेको, पछिल्लो बिस्तारमा विद्यार्थी, युवालगायत भ्रातृ संगठनका पदाधिकारी पर्न गएको बताए ।

           यसैगरी माओवादीले एक महिनाअघि एकता प्रक्रियामा आएका रामबहादुर थापालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । स्कूल विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ तोकिएका छन् । त्यस्तै प्रचार विभागको इञ्चार्जमा पम्फा भुसाल, आदिवासी जनजाती विभागको इञ्चार्जमा देव गुरुङ, जलस्रोत विभाग इञ्चार्ज लीलामणि पोख्रेल, उत्पादन तथा सहकारी विभाग इञ्चार्ज लोकेन्द्र विष्ट र अनुशासन विभागको इञ्चार्जमा अमिक शेरचन तोकिएका छन् । यसैगरी प्रदेश इञ्चार्ज पनि फेरबदल गरेको छ । यसअघि  केन्द्रीय समिति बैठकबाट तोकिएका इञ्चार्जमध्ये केहीलाई अदल बदल गर्ने क्रममा माओवादीले प्रदेश नम्बर १ को इञ्चार्जमा राम कार्की र प्रदेश छ मा जनार्दन शर्मा यथावत राखेको छ ।

             बाँकी प्रदेशमा एकता प्रक्रियाबाट आएका मध्ये प्रदेश २ मा मातृकाप्रसाद यादव, प्रदेश ३ मा रामबहादुर थापा, ४ मा देव गुरुङ, ५ मा वर्षमान पुन, र प्रदेश नम्बर ७ लेखराज भट्ट छानिएका छन् । यसैगरी प्रवास ब्युरोको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई प्रवासको, कृष्णबहादुर महरालाई संसद र टोपबहादुर रायमाझीलाई सरकार हेर्नेगरी जिम्मेवारी बाडफाड गरेको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply