Select Menu
Select Menu

Society

National News

Entertainment News

Health & Life Style

Sports News

Technology News

Interview News

International News

Videos

Business News


Dainik Suchana 12:40 AM 0

असार -९, भक्तपुर ।

            भक्तपुरको जगातीबाट अगाडि बढेपछि मूल सडकको दायाँ–बायाँ खाजा घर, रेस्टुरेन्ट तथा बारहरु प्रशस्तै भेटिन्छन् । उपत्यकाबाट अलि परको यस क्षेत्रमा पचासभन्दा बढी होटल तथा गेस्ट हाउस सञ्चालनमा छन् । रेस्टुरेन्ट तथा खाजा घरको ब्यानरमा सञ्चालित यस्ता होटलमा यौन व्यवसाय हुने गरेको रहस्य खुलासा भएको छ । मूल सडकको आसपासमा धान खेतसँग जोडिएका रेस्टुरेन्टमध्ये कतै साना साना कटेज छन् भने  अट्याच बाथरुमसहितका कोठा निकालेर पनि यौन धन्दा सञ्चालन गरिरहेका छन् । 

            एक महिनाको रिसर्चपछि बुधबार रातोपाटीकर्मी पलाँसेस्थित हाइवे होटल एन्ड रेस्टुरेन्टमा पुग्दा होटल मालिक टेलिभिजन हेरिरहेका थिए । ‘साहुजी कफी बन्छ ?’ छक्क परेर होटल सञ्चालकले भने, ‘यहाँ त्यस्तो चिया कफी केही बन्दैन ।’ हाइवे होटल काउन्टरको दराजमा एक दुईवटा चाउ चाउ र फ्रुटी मात्रै थिए भने  मध्यान्हसम्म होटल सुनसान थियो । काउन्टरभन्दा पछाडिपटि चारकोठाको छुट्टै संरचना थियो । रातोपाटीकर्मीले  एक–एकवटा फ्रुटी लिँदै उनलाई सोधे, ‘माछा–मासु, मदिराजन्य पदार्थ अथवा पिजा, बिर्यानी केही देखिँदैन, कसरी चल्छ त तपाईंको होटल ?’ हाँस्दै उनले जवाफ दिए, ‘खै, चलिरहेको छ ।’ 

           जगाती क्रस गरेपछि भेटिने जय हिमालय रेस्टुरेन्ट, पिसफुल तथा सुकुल नामका रेस्टुरेन्टहरूमा सहरबाट मोटरसाइकल या गाडीमा युवती राखेर पुग्नेहरू त सामान्य भइहाल्यो । होटलमा कार्यरत स्टाफलहरूका अनुसार यस्ता रेस्टुरेन्टहरूले महँगो शुल्क लिएर युवतीहरू सप्लाई गर्ने गरेका छन् । ‘केटीहरू हाम्रो सम्पर्कमा हुन्छन्, ग्राहक हेरेर एक हजारदेखि दुई हजारसम्मको शुल्क लिएर हामी बोलाइदिन्छौं’ पलाँसेस्थित एक रेस्टुरेन्टमा लामो समयदेखि काम गर्दै आएका एक युवाले भने, ‘हामी ग्राहकसँग पैसा लिएर काउन्टरमा राखिदिन्छौं, काम सकिएपछि केटीलाई दिन्छौं ।’ पलाँसेस्थित ग्रिन भ्यु रिसोर्ट एन्ड रेस्टुरेन्टको आसपास आधा दर्जन छ्वालीले छाएका साना कटेराहरू देखिन्छ । होटलको मुख्य बिल्डिङमा कोठाहरू छन् । ‘कटेजमा बसेर खाएपछि ग्राहकहरू कोठामा जान्छन्’ यसभन्दा पहिले सोही होटलमा काम गरेर छाडेका रवीन नामका युवाले भने, ‘कोठामा एक घण्टा बसेको छुट्टै हजारदेखि पन्ध्र सय तिर्नुपर्छ ।’ 

         
   त्यस्ता होटलका बोर्डहरू पलाँसेबाट उकालो लागेपछि मात्र ओझेल पर्छन् । ‘युवती नराखी यहाँका कुनै होटल चलेका छैनन्’ जगातीको एक होटलका कुकले भने, ‘चिकेन चिल्ली र पिज्जा खान त यहाँ कोही आउँदैन सबै होटलको धन्दा एउटै हो ।’ उनका अनुसार जगातीको ‘ए वान’ नामक रेस्टुरेन्टले २० जनाभन्दा बढी युवतीहरू राखेर होटल सञ्चालन गरेको छ । ‘पलाँसेस्थित मैले काम गरेको होटलमा पाँच जना छन्’, उनले भने, ‘तीन चार युवतीहरू सबै होटलमा हुन्छन् ।’ हरेक होटलहरूले पचास जनाभन्दा धेरै सेक्स वर्करहरूको नाम र फोन नम्बर डायरीमा टिपेर राखेका हुन्छन् । ‘ग्राहकले इच्छा गरेपछि उनीहरूलाई ट्याक्सीमा आउन भनिन्छ’ उनले भने, ‘ट्याक्सीभाडा ग्राहकले तिर्छन् ।’ 

             पलाँसेका एक होटल सञ्चालकका अनुसार युवती राखेर होटल चलाएबापत उनीहरूले प्रहरीलाई महिनावारी पैसा बुझाउने गरेका छन् । ‘गुण्डा, प्रहरी र स्थानीयलाई नमिलाईकन यस्तो काम गर्न सकिँदैन’, उनले भने, ‘गुण्डालाई महिनाको २० हजार प्रहरीलाई महिनाको २० हजार बुझाउनुपर्छ ।’ उनका अनुसार घुमुवा प्रहरीहरूले त्यसरी पैसा लिएर होटल एरिया हेर्ने महानगरीय प्रहरी वृत्त जगातीदेखि महानगरीय प्रहरी परिसर भक्तपुरसम्मलाई मिलाउँछन् । ‘जगातिमा नयाँ डीएसपी आउँदा अलि टाइट हुन्छ’, ती सञ्चालकले भने, ‘सिभिलमा आउने प्रहरीहरूले छापा मार्न आउन लागेको कुरा जानकारी गराउँछन्, ‘त्यसपछि हामी केटीहरूसँगै बसेर रक्सी खान थाल्छौं, स्टाफहरूले गेस्ट भनेर प्रहरीलाई फर्काइदिन्छन् ।’ होटलबाट कमिसन लिने गरेको बारे प्रश्न गर्दा महानगरीय प्रहरी वृत्त जगातीका डीएसपी मित्र बन्धु शर्माले आधारहीन कुरा भएको बताए । डीएसपी शर्माले भने, ‘ती होटलहरूमा अवैध यौनधन्दा भएको छैन, केटाकेटी सहमत भएर त्यस्तो गर्न आएमा हामीले धेरै टाइट गरेका छैनौं ।’ ती होटलहरूमा पटक–पटक छापा मारिएको दावी गर्दै डीएसपी शर्माले भने, ‘त्यसरी कमिसन खाएका छैनौं ।’

«
Next
»
Previous

No comments

Leave a Reply