Select Menu
Select Menu

Society

National News

Entertainment News

Health & Life Style

Sports News

Technology News

Interview News

International News

Videos

Business News


Dainik Suchana 1:06 AM 0



असार ९, २०७३ ।
          चिली कोपा अमेरिका सेन्टेनारियाको फाइनलमा प्रवेश गरेको छ । अब आगमी सोमबार बिहान हुने फाइनल खेलमा चिलीले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

          यसअघिको संस्करणमा पनि चिली र अर्जेन्टिना नै उपाधिको लागि भिडेका थिए । पेनाल्टी सुटआउटमा चिलीले अर्जेन्टिनालाई हराएको थियो ।

          बिहीबार बिहान संयुक्त राज्य अमेरिकाको सिकागोस्थित सोल्जर फिल्डमा भएको सेमिफाइनल खेलमा चिलीले कोलम्बियालाई २-० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

          चिलीका लागि चार्ल्स एरान्गुइजले सातौं मिनेटमा गोल गरेर टिमको लागि खाता खोलेका थिए । यसैगरी ११ औं मिनेटमा जोसे पेड्रो फुइन्जालिडाले दोस्रो गोल गर्दै टिमको गोल अन्तरलाई दोब्बर बनाए ।

         खराब मौसमका कारण लामो समयसम्म रोकिएको खेलमा दोस्रो हाफमा दुबै पक्षबाट गो हुन सकेन । खेलमा चार्ल्स म्यान अफ दि म्याच भए ।

«
Next
»
Previous

No comments

Leave a Reply